गेरवानीमा दुई जना मार्ने बाघ नियन्त्रणमा

0
563

सुर्खेत,१ भदौ -सुर्खेतको गेरवानीमा दुई जना मार्ने बाघ नियन्त्रणमा आएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले सल्यानको कालिमाटीस्थित घुइयाबारीबाट उक्त बाघलाई नियन्त्रणमा लिएको हो ।

उक्त बाघले आज मात्रै सल्यानको बाटुलेमा गोठमा बाँधेका दुईवटा गोरूलाई मारेको थियो । बाघले गोरु मारेको सूचना पाए पछि उपोभोक्ता समिति र गाउलेको सहयोगमा निकञ्जको टोलिले बाघलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
यस अघि आइतरबार भेरीगंगा–५ गेरवानीका ४८ वर्षीया रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको बाघकै आक्रमणबाट मृत्यु भएको थियो ।

जंगली जनावरको आक्रमणमा परी मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएपछि प्रशासनले रातमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here