गुर्भाकोट १ राम्रीकाँडामा बाटो अवरुद्ध हुँदा समस्या,

0
242

उपेन्द्र हमाल गुर्भाकोट, भदौ ४ सुर्खेत । गुर्भाकोट १ राम्रीकाँडा, फलाँटे, सिमस्यार सडक अवरुद्ध भएको छ । विगत एक महिना देखि पहिरोको कारण उक्त सडक अवरुद्ध भएको हो । राम्रीकाँडा, फलाँटे, सिमस्यारका बासिन्दाहरुले महिनौ देखि सास्ती भोग्दै आएका छन् । दैनिक रुपमा प्रयोग हुने खाद्यन्न लिनलाई घण्टौ समय पैदल यात्रा गर्नुपरेको छ ।

सडक अवरुद्धका कारण सोही स्थानका बासिन्दाहरुलाई शिक्षा, स्वास्थ्य र यातायातमा समस्या भएको हो । दैनिक प्रयोग हुने उपभोग्य वस्तु ओसार पसार गर्न समस्या देखिएको छ । एक घण्टाको पैदल यात्र पछि खरिगैरा बजार पुगिन्छ । बजारबाट सामान लिन बोकेर उकालो चढ्नुपरेको स्थानिय प्रविर सुनारले दुःख व्यक्त गरे । सडक बाटोको निर्माण हुन नसक्दा गोचेखोला तरेर बजार झर्नु पर्छ ।

अझै गाँउमा कोहि बिरामी भए बोकेर हस्पिटल ल्याउनु परे झन समस्या हुने उनी बताउँछन् । केहि महिना अघि सम्म साना गाडी, अटोहरु गाँउमै पुग्थे । विच बाटोमै पहिरो गएपछि अहिले कुनै सवारी साधनहरु जान सक्ने अवस्था छैन । दैनिकी चलाउनकै लागि भएपनि एक घण्टाको पैदल यात्रा उकालो ओरालो गर्नु परेको छ । स्थानिय बासिन्दाहरु यस विषयमा गुनासो लिएर वडामा पुगेपनि उता वडा कार्यलयले भने यस विषयमा कुनै चासो देखाएको छैन । तर वडा कार्यलयमा बारम्बार यस विषयमा जानकार दिदा पनि कुनै समाधान हुन सकेको छैन ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here