बिरेन्द्र पुन, गुर्भाकोट सुर्खेत- गुर्भाकोट नगरपालिकाले यहाँ रहेका चौतारा संरक्षण सूरु गरेको छ । यसै क्रममा गुर्भाकोट नगरपालिका वडा न. १४ मा बरघर चौतारी र प्रतिक्षालयको उद्घाटन गरिएको छ ।
वडामा निर्माण गरिएको चौतारा र प्रतिक्षालय उद्घाटनसंगै संचालनमा आएको छ । गुर्भाकोट नगरपालिकाका उप–प्रमुख मैना बिकले उद्घाटन गर्नुभयो । महिला परिवर्तन साना किसान सहकारी संस्था र गुर्भाकोट नगरपालिकाको डेढ लाख आर्थिक सहयोगमा चौतारा निर्माण भएको हो ।
Facebook Comments