गुर्भाकोट भालुवडार खोलामा ट्रस पुल निर्माण

0
241

हुमबहादुर कार्की, असार १५- गुर्भाकोट नगरपालिका वडा न. १ र २ जोड्ने भुसुन्ने भालुवडार खोलामा पुल निर्माण गरिएको छ । खोलामा बनेको ट्रस पुलको बुधबार उद्घाटन भएको छ । गुर्भाकोट नगर प्रमुख हस्त पुन र उपप्रमुख मैना बिकले रिबन काटेर पुलको उद्घाटन गरे ।

ट्रस पुल एसडब्लुएपी र गुर्भाकोट नगरपालिकाको अनुदान तथा आर्थिक सहयोगमा सम्पन्न भएको हो हो । पुलको प्राबिधिक सहयोग ग्रामीण बिकास सेवा केन्द्र दैलेखले गरेको थियो । कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख हस्त पुन, बिशेष अतिथी नगर उपप्रमुख मैना बिक, अतिथी गुर्भाकोट नगरपालिका १ का वडाअध्यक्ष रामबहादुर शाही, वडा न. २ का अध्यक्ष नोखबहादुर वलि, प्राबिधिक भानु ढकाल, मालारानी प्रहरी चौकी इन्चार्ज नरबहादुर शाही, समाजसेबी मोतिप्रसाद चपाइ लगायत समाजसेबी,स्थानीय, उपभोक्ता समितीहरुको उपस्थितिमा भएको थियो । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख पुनले समयमै सम्पन्न गर्ने उपभोक्ता, निकाय र समुदायप्रति धन्यवाद दिदै यस स्थानमा अब आवतजावत गर्न स्थानीयहरुलाई सहज भएको र थप बाकी बिकास निर्माणमा पनि आउदा दिनहरुमा सहयोग गर्ने बताउनु भएको थियो । यसैगरी नगर उपप्रमुख बिकले सम्पुर्ण निकायप्रति धन्यवाद दिदै बिकास गर्ने क्रममा अनिवार्य आबश्यकता जहाँ छ त्यो ठाउँलाई पहिचान गरि काम गर्दा सार्थकता पाइने बताउनु भएको थियो । पुल उद्घाटन सभाअध्यक्ष तथा निर्माण उपभोक्ता समितीका अध्यक्ष नन्दलाल भुसालले उक्त्त ट्रस पुल निर्माणको आयब्यय बारे २३ लाख ४७ हजार ९ सयको प्राबिधिक इस्टमेट अनुसार समयमै काम सम्पन्न भएको भन्दै खर्चको सार्बजनिक सुनुवाइ गर्नु भएको थियो । वडाअध्यक्ष नोखबहादुर वली र रामबहादुर शाहीले पनि आफ्ना मन्त्वय राख्नु भएको थियो ।

भालुवडार ट्रस पुल उपभोक्ता समितीमा अध्यक्ष नन्दलाल भुसाल, कोषाध्यक्ष टेकबहादुर पुन , सचिब डालमाया रजाली गरि ७ सदस्यीय रहनु भएको थियो । ट्रस पुल निर्माण सम्पन्न पछि यहाँका स्थानीय बासिन्दा लगायत पैदल यात्रीहरु हर्षित भएका छन । आवतजावतको गर्न खोलामा पानीको मात्रा बढे पनि यसबाट मुक्त्त भएको स्थानिय हरुको भनाइ रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here