हेमन्त डिसी, गुर्भाकोट ८ सुर्खेत- गुर्भाकोट नगरपालिकास्तरीय तेस्रो मेयरकप तथा राष्ट्रपछि रनिङ्ग शिल्ड प्रतियोगिता बुधबारबाट मेहेलकुनामा सूरु भएको छ । गुर्भाकोट नगरपालिकाको आयोजना र सुर्यज्योति मावि मेहेलकुनाको समन्वयमा विद्यालयमा प्रतियोगिता सूरु भएको हो ।


बुधबार एक कार्यक्रमबाट बिच विरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीको प्रमुख आतिथ्य र गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनको सभापतित्वमा प्रतियोगिताको उद्घाटन गरिएको छ । कक्षा ६ देखि कक्षा १० सम्म अध्यनरत विद्यार्थीको क्षमता विकासका लागि संचालन भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि सुवेदीले गर्नुभयो । उद्घाटन गर्दैै सुवेदीले यस्ता सिर्जनात्मक र स्वस्थ्य प्रतिस्पर्धात्मक खेलले विद्यार्थीको शैक्षिक, शारिरीक र मानसिक विकास हुने बताउनुभयो । उहाँले गुर्भाकोट नगरपालिका जिल्लामै उत्कृष्ट खेलाडी उत्पादन गर्ने क्षेत्र भएको भन्नुभयो । उद्घाटनमा बोल्दै मेयर हस्त पुनले हरेक बर्ष नगरपालिकाको सहयोगमा मेयर कप संचालन हुँदै आएको र या बर्ष पनि निरन्तरता पाएको बताउनुभयो । विद्यालयस्तरबाटै उत्कृष्ट खेलाडी उत्पादन र खेलप्रति विद्यालय, शिक्षकको चासो रुचि बढाउन प्रतियोगिता हुने गरेको जानकारी दिनुभयो । बुधबार उद्घाटनको पहिलो दिन सम्पन्न आधारभुत विद्यालयस्तरीय १०० मिटर दौडमा नेरा मावि कोप्चि प्रथम र नेरा मावि बडाखोली द्धितीय हुन सफल भएका छन् ।

तेस्रो मेयरकप तथा राष्ट्रपछि रनिङ्ग शिल्ड प्रतियोगितामा १०० मिटर दौड, २०० मिटर दौड, ४००, ८००, १५००, ३००० मिटर दौड, १००८४ मिटर रिले, ४००८४ मिटर रिले, कबड्डी, हाईजम्प, लंगजम्प, टिपल जम्प, सटपुट, भलिबल र ज्यामलिन थ्रो खेलहरु समावेश गरिएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here