गुर्भाकोटमा मेयर उपमेयरमा पुन र विक दोहोरिए

0
230

दिलिप ढकाल गुर्भाकोट, जेठ ४- पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसबाट गुर्भाकोट नगपालिकाको मेयर पदमा उमेद्वारी दिएका हस्त पुन ११,९७८ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिस्प्रधी नेकपा एमालेका तिलकबहादुर खत्रीले १०,११६ मत प्राप्त गरेका छन् । १८६२ मत अन्तरले कांग्रेसका पुन मेयरमा विजय भएका हुन् । माओबादी केन्द्रका जयबहादुर डाँगीले ६३३ मत प्राप्त गरेका छन् ।

उपप्रमुख तर्फ नेपाली कांग्रेसबाट उपमेयर पदमा उमेद्वारी दिएकी मैना बिकले ११,७४३ मत प्राप्त गरि बिजयी हुदा उनकी पर्तिस्प्रधि नेकपा एमालेकी सुशिला बिश्वकर्मा १०,२९९ मत प्राप्त गरेकी छिन् । त्यस्तै माओबादिकि टिका शर्माले ७१८ मत प्राप्त गरेकी छिन् । गुर्भाकोटको १४ वटा वडामध्ये १० वटा वडामा नेपाली कांग्रेस बिजयी भएको छ भने ४ वटा वडामा नेकपा एमाले बिजयी भएको छ । वडा नम्बर २,३,४,५,६,७,८,९,१२,१३ मा नेपाली कांग्रेस बिजयी भएको छ भने १,१०,११ मा नेकपा एमाले बिजयी भएको छ । गुर्भाकोट नगर पालिकामा पाँच बर्षे कार्यकालको लागि मेयरमा हस्त पुन र उपमेयरमा मैना विक पूणः बिजयी भएका हुन् । वडा नम्बर १ मा नेकपा एमालेका रामबहादुर शाही, वडा नम्बर २ मा नेपाली कांग्रेसका नोखबहादुर वली, वडा नम्बर ३ मा कांग्रेसका ओमप्रकाश बुढा, वडा नम्बर ४ मा कांग्रेसका रामबहादुर डाँगी, वडा नम्बर ५ मा कांग्रेसका लालबहादुर पुन,वडा नमब्र ६ मा कांग्रेसका गोबिन्द वली, वडा नम्बर ७ मा कांग्रेसका बाशुदेव शर्मा, वडा नम्बर ८ मा कांग्रेसका किरण बिक, वडा नबर ९ मा कांग्रेसका ज्ञानबहादुर खत्री विजय भएका छन् ।

वडा नम्बर १० मा नेकपा एमालेका थमान खत्री, वडा नम्बर ११ मा नेकपा एमालेका राजन बिसी,वडा नम्बर १२ मा कांग्रेसका तुलसीप्रसाद शर्मा, वडा नम्बर १३ मा नेपाली कांग्रेसका मधु गुरुङ र वडा नम्बर १४ मा नेकपा एमालेका चन्द्रबहादुर घर्ति बिजयी भएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here