गुर्भाकोटमा मास्क बैंक अभियान स्थापना,

0
487

अम्मर राजवंशी गुर्भाकोट भदौ, ५ सुर्खेत । पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका ९ सिमघाटमा मास्क बैंक अभियान २०७८ स्थापना भएको छ । साहारा इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुलको आयोजनामा एक कार्यक्रमको आयोजना गरि मास्क बैंक अभियान स्थापना भएको हो ।

कोरोना न्यूनिकरणलाई कम गर्न तथा नेपाल सरकारको मास्क अभियानलाई सहयोग पु¥याउने उद्देश्यले सो अभियान सञ्चानमा ल्याइएको बताइएको छ । “हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौ” भन्ने मुल नाराको साथ मास्क अनिवार्य रुपमा लगाउन बानी पार्ने अभियानको उद्देश्य रहेको छ । आर्थिक अवस्था कमजोर भएका परिवारलाई निःशुल्क मास्क वितरण गरिने छ ।

कार्यक्रम उद्धघाटन समारोहमा सम्वोधन गर्दै नगर उप–प्रमुख मैना वि.कले यस अभियानले गुर्भाकोट नगरपालिका भित्र रहेका स्वास्थ्य क्षेत्रमा रहेको भयावह अवस्था र तेस्रो भेरिएन्टलाई न्यूनिकरण गर्न स्थानिय सरकार, स्वास्थ्यकर्मी, जनप्रतिनिधी, राजनतिक दल, वुद्धिजिवी लगाएत आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । यस्तै यो अभियानले कोरोना रोकथामको लागि गरेको प्रयास लाई सम्मान गर्दै आफ्नो र नगरपालिकाबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । गुर्भाकोट नगरपालिकाले कोरोना भाइरस सङक्रमण रोक्न महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कोरोना सङ्क्रमण रोक्न र जनताको सुरक्षामा स्थानीय सरकारले धेरै काम गरेको जिकिर गर्नुभयो ।

सुर्खेत जिल्लामा पहिलो पटक स्थापना गरिएको मास्क बैंक अभियानलाई सफल पार्न कार्यक्रमको थालनीमा एक लाख पिस मास्क राखिएको र आवस्यक परे थप गर्दै जाने साहारा इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुलका निर्देशक तथा आयोजनाका संयोजक हरीलाल खड्काले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here