सुवर्ण बस्याल, भेरीगंगा सुर्खेत- भेरीगंगा नगरपालिका वडा नम्बर ६ स्थित तल्लो झिङ्गनीमा थ्रेसरमा गहुँ पेल्दै गर्दा थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार चैत्र २७ गते दिउँसे साँढे दुई बजे गहु कुट्ने क्रममा ट्याक्टरको थ्रेसर मेसिनमा परी भेरीगङ्गा–६ तल्लो झिङ्गनी की ३२ बर्षीय बिनिता गैरापिपलीको मृत्यु भएको हो ।

स्थानीइ डिलबहादुर गैरापिपलीको श्रीमती बिनिता गैरापलीको थ्रेसर मेसिनमा परि घटना स्थलमै मृत्यु भएको हो । मृतकको शबलाइ पोस्टमार्ट्मको लागि मेहेलकुना अस्पताल लगिएको छ । विनिताको मृत्युपछि प्रहरीद्वारा घट्नाको अनुसन्धान भैरहेको छ । निजका श्रीमान रोजगारीको शिलशिलामा भारत रहेको उनका नाबालक १ छोरा र १ छोरी रहेको बुझिन आएको छ । स्थानीयले घटनाको सत्यतथ्य छानबिनगरी पीडित परिवारले न्याय सहित उचित क्षतिपूर्तिको माग गरेका छन् ।

भेरीगंगामा रहेको समुदायिक विकास केन्द्र नेपाल सुर्खेतको टिमले पिडित परिवारलाइ भेटी घटनाबारे स्थलगत अबलोकन गरेको संस्थाका अध्यक्ष मानबहादुर बस्यालले बताउनुभयो । यस्तै घटनाको सत्य तथ्य छानबिन गरि उचित न्याय तथा क्षतिपूर्तिको लागी जोड्दार माग गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here