गणतन्त्र दिवसमा जहरेमा दिप प्रज्वलन

0
148

भेरीगंगा, जेठ १५- आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन पारेर भेरीगंगा ९ जहरेबजारमा दिप प्रज्वलन गरेर दिवस मनाएको छ । आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहँदा जहरे बजारमा दिप प्रज्वलन गरिएको हो ।

भेरीगंगा नगरपालिका नगर उपप्रमुख धनसरा बोहरा र वडा नम्बर ९ का प्रतिनिधीको उपस्थितीमा गणतन्त्र दिवश मनाएको हो । भेरीगंगा नगरपालिकाका उपप्रमुख बोहराले मैनबत्ती बालेर दिप प्रज्वलनको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ९ का जनप्रतिनिधी, विभिन्न राजनैतिक दलका प्रतिनिधी, जहरे प्रहरी बिटका प्रतितिनिधी, स्थानीय व्यापारी लगायत स्थानीयबासीको सहभागीता रहेको थियो ।

नेपालमा बिक्रम सम्मत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते दिवस मनाउने गरिन्छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here