कृष्ण जन्माष्टमीको अवसरमा आज सार्वजनिक बिदा

0
77

भदौ,१४ । सरकारले कृष्ण जन्माष्टमीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले कृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here