काठमाडौ , माघ १६- पारिवारिक आर्थिक अवस्था कमजोर भएरै काम गर्न काठमाडौ पुगेका सुर्खेत भेरीगंगाका कमल बि कको एसिड प्रहारबाट ज्यान गएको छ। पारिवारिक श्रोतका अनुसार विकमाथि काठमाडौमै कामको शीलशीलामा एसिड प्रहार भएको बताएको छ।                                                        एसिड प्रहारबाट घाईते भएका विकको उपचारका शीलशीलामा शुक्रबार अस्पतालमा मृत्यु भएको हो । भेरिगङ्गा-६, झिङनी घरभई अहिले कामको अवस्थामा एसिड प्रहार भएर मृत्यु भएको परिवारको दावी छ। भेरीगंगा घर भई हाल काठमाडौमा कामको शीलशीलामा रहेका एक युवाको शंकास्पद मृत्यु भएको छ। भेरीगङ्गा-६ झिङ्गनी सुर्खेतका १९ बर्षीय कमल बिकको रहस्यमय मृत्यु भएको परिवार र आफन्तले बताउदै आएका छन्। यसैबिच विकको शंकास्पद मृत्युपछि उनको हत्या गरिएकध शंका बढेको छ। परिवार र आफन्तले घटनाको सत्यतथ्य खोजि र निष्पक्ष छानविनको माग समेत गरेका छन् । भेरीगंगास्थित समुदायिक विकास केन्द सिडिसीले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र छानविनको माग गरेको छ। सस्थाका अध्यक्ष मानबहादुर बस्यालद्वारा जारी विज्ञप्तिमा सत्य तथ्य छनबिन गरि बास्तबिकता बाहिर ल्याउन जरुरी छ र पिडित परीवारले न्याय पाउनुपर्ने उल्लेख छ। विज्ञप्ति मार्फत दुखद घडिमा मृतात्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनम हार्दिक समबेदना ब्यक्त गरिएको छ।                                                                                सामान्य घर परिवारका विक रोजगारीको सिललामा काठमाडौ पुगेका थिए । मृतक कमल बिकको आमा बुवा ,श्रीमती र २ बर्षको छोरा रहेका छन् । पारीवारिक अबस्था कमजोर रहेकोले परिवारमा आवश्यक राहातका लागि अभियान सुरु गर्ने सस्थाको भनाइ छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here