कांग्रेस भेरीगंगा वडा ७ को कार्यालय उद्घाटन र सम्मान सम्पन्न

0
166

भेरीगंगा, पुस १७- नेपाल कांग्रेस वडा कार्य समिति भेरीगंगा ७ मा आज एक कार्यक्रम बिच वडा कार्यलय उद्घाटन तथा निर्वाचित प्रतिनिधीलाई सम्मान गरिएको छ। कांग्रेस १४ अौ महाधिवेशनमा वडाबाट नगर, क्षेत्रीय, प्रदेश, महाधिवेशन र जिल्ला कार्यसमितिमा निर्वाचित प्रतिनिधीलाई सम्मान समेत गरिएको छ।

शनिबार कागेस महाधिवेशन प्रतिनिधी भुपेन्द कुमार रोकायले वडा नम्बर ७ को पार्टी कार्यलयको उद्घाटन गर्नुभएको वडासभाति कर्णबहादुर मिजारले जानकारी दिनुभयो । कार्यलय उद्घाटन तथा सम्मान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक दर्जनले कांग्रेस पार्टि प्रवेश समेत गरेको सभापति मिजारले जानकारी दिनुभयो । कार्यक्रममा भेरीगंगा ७ कि राष्ट्रिय खेलाडी खगिसरा घर्तीमगरलाई ५ हजार नगद र सम्मान पत्रसहित सम्मानित गरिएको थियोे । कार्यक्रमका वडा सभापित कर्णबहाबहादुर मिजार, क्षेत्रीय प्रतिनिधी मेवालाल मिजार, चन्दबहादुर खर्त्री, टोपबहादुुर खत्री, निवर्तमान सभापति चन्दबहादुर वली, नगर सदस्य अम्मर बारघरे, तरुणदल क्षेत्रीी सभापती अम्मर खत्री, जिल्ला सदस्य सुरेन्द्र केसी, महाधिवेशन प्रतिनिधी भुपेन्दकुमार रोकायले शुभकामना र बधाई शुभकामना राख्नु भयो । 

कार्यक्रममै वडा समितिको पहिलो बैठक समेत सम्पन्न भएको छ। पहिलो बैठकबाट वडा कार्यसमितिमा नया ५ जना सदस्य मनोनित गरिएको छ। यस्तै वडा कार्यसमिति कोषाध्यक्षमा ललित खत्रीलाई चयन गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here