भेरीगंगा, माघ १२- भेरीगंगा नगरपालिका वडा नम्बर ८ स्थित मैनतडा स्वास्थ्य चौकीमा किशोरकिशोरी मैत्री भवन निर्माण गरिएको छ । यस क्षेत्रका किशोरकिशोरीका स्वास्थ्य समस्या, जिज्ञासा र उपचारका लागि विशेष किशोरकिशोरी मैत्री भवन
निर्माण भएको हो । सुर्खेतमै पहिलो पटक निर्माण भएको उक्त भवनको सोमबार उद्घाटन गरि संचालनमा ल्याएको छ ।
भेरीगंगा नगरपालिका मेयर भुपेन्द्रबहादुर चन्दले एक कार्यक्रमका बिच भवनको उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दैै मेयर चन्दले यस्तो भवनले किशोर किशोरीहरुको स्वास्थ्य समस्या र उपचारका लागि सहज हुने बताउनुभयो । चिकित्सक र स्वास्थ्यकर्मीसंग २० बर्षमुनिका किशोरकिशोरीले खुलेर स्वास्थ्य समस्या, मनका कुरा र उपचार गर्न यो भवन बनाएको जानकारी दिनुभयो । कार्यक्रमका अथिति तथा भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेतले निर्माण भएको भवनमा स्वास्थ्यकर्मी र चिकित्सकले यस क्षेत्रका किशोरकिशोरीका लागि बहुआयमिक उपचार दिनेमा विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले यस भवनको प्रयोग र संचालनमा सदैव सहयोग गर्ने बताउनुभयो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र स्याक नेपाल सुर्खेतको समन्वयमा उक्त एक तलाको भवन निर्माण भएको हो । करिव १८ लाख लगानी भएको उक्त भवनमा सेफ द चिल्ड्रेनको १५ लाख ८८ हजार २९६ र स्थानीय वडाको १ लाख ७ हजार लगानीमा भवन निर्माण भएको हो । अपांगमत्री रहेको किशोरकिशोरीमैत्री भवनमा स्वास्थ्य उपचार, परामर्श, चेकजाँचका लागि अत्याधुनिक र अतिआवश्यक स्वास्थ्य सामग्रीसहितको पूर्वाधार निर्माण गरिएको छ ।
स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ८ अध्यक्ष पदम खत्रीको सभापतित्वमा भवनको उद्घाटन भयो । कार्यक्रममा अध्यक्ष खत्रीले मैनतडाको स्वास्थ्य कार्यालय, स्वास्थ्य चौकीमा जनशक्ति, पूर्वाधार र औषधीको सहज व्यवस्था र उपचारका लागि आफू जनप्रतिनिधी भएदेखि लागिरहेको बताउनुभयो । छिटै नै मैनतडामा नगरपालिकास्तरीय अस्पताल भवन बन्ने भने जानकारी दिनुभयो।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here