एमाले फूटाउन सभामुखले प्रमुख भूमिका खेलेको उपाध्यक्ष ज्ञावलीको आरोप

0
127

सुर्खेत, भदौ १५ । नेकपा एमालेका उपाध्याक्ष एवम कर्णाली प्रदेश संयोजक युवराज ज्ञावलीले नेकपा एमाले फूटाउनमा सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको बताउनुभयो । नेकपा एमाले कर्णाली प्रदेश कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उहाँले संवैधानिक जिम्मेवारीमा रहेका सभामुखले एमाले फूटाउन सहयोगी भूमिका निर्वाहा गरेको बताउँदै त्यस कार्यको एमालेले सधैं प्रतिरोध गर्ने बताउनुभयो ।

सभामुख पदमा जो व्यक्ति बसेपनि उहाँले निष्पक्षतामा काम गर्नुपर्छ । कार्यकर्ताहरुलाई कारवाही गर्न संस्थागत निणर्य गरेर त्यसलाई लामो समयसम्म राख्नु, स्वाभाविक रुपमा उठाउनुपर्ने विषय हो । सभामुख चाहिँ एमाले फूटाउनकालागि भूमिका खेल्नु भएको छ भन्ने कुरा तथ्यबाट देखिन्छ । जिम्मेवार पदमा पुगिसकेपछि नियम बमोजिम के गर्नुपर्ने हो सभामुखले त्यसको प्रतिरोध गरेको बताउनुभयो ।नयाँ पार्टि दर्ता गर्न माधव नेपाल नै गएको र आफुहरुलाई छोडेको बताउनुुभएको हो ।

नेपालले स्थायी कमिटिको वैठकपनि नराखेर अचानक नयाँ पार्टी दर्ता गर्नु गलत रहेको बताउनुभयो । नेपालले बैठक बसालेको केही सदस्यहरुले आफुलाई रोक्न सक्ने भन्दै जानकारी विनै नयाँ दल खोल्न हाम्फाल्नु बताउनुभयो । माधव नेपालले अचानक स्थायी कमिटिको बैठक नराखेको, पार्टि फूटाउन सहमतिमा नहुदाँ नहुदैँ दल दर्ता गरेको, एउटै विचार भएको पार्टी निर्माण गर्नु गलत हो, नेता प्रधान होइन, नीति प्रधान हो, व्यक्ति प्रधान होइन, पार्टी प्रधान हो भनेर भनेपनि नमानेको आरोप समेत लगाउनुभयो । एउटै नीति, एउटै विचार धारा भएको पार्टी विभाजन गरेर यसको औचित्य पछि आफै मुल्याकंन गरी आफुले आफुलाई सिध्याउने दिशामा लाग्नुभएको बताउनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here