एक महिने मोबाईल तथा सी.सी टिभी क्यामरा मर्मत तालिम समापन

0
63

सुर्खेत । सुर्खेतको बीरेन्द्रनगरमा पारिवारिक खेती सबलीकरण÷कोभिड १९ बाट प्रभावितहरुको लागि जिविकोपार्जन सुधार परियोजना सिप विकास तालिम सम्पन्न गरेका युवाहरुको लागि सामाग्री बितरण तथा परियोजना कार्यक्रम समापन गरिएको छ ।

एक महिने अथिती र मोबाईल तथा सी.सी टिभी क्यामरा मर्मत तालिम एक कार्यक्रम बिच समापन गरिएको हो ।
कार्यक्रममा बाल्दै प्रमुख अथिती बीरेन्द्रनगर नगर प्रमुख देव कुमार सुवेदीले १ महिना तालिम सम्पन्न गरेको युवाहरुको लागि रोजगारीको पहल गर्ने र सिप परिक्षणको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लिवर्ट, सुन्दर नेपाल संस्था, एलाइन्स नेपाल, जी.आई.जेटको आर्थिक सहयोगमा जेनुन टेक्नीकल इन्ष्चियुट बीरेन्द्रनगर सुर्खेतले उक्त कार्यक्रम सञ्चालन गरेको थियो । अन्य संस्थाहरुबाट आर्थिक सहयोगमा वेरोजगारी युवा, युवतीहरुको लागि विभिन्न सिप मुलक कार्यक्रम सञ्चालन गदै आएको जेनुन टेक्नीकल इन्ष्चियुटका राम बहादुर खड्काले जानकारी दिनुभयो । हाउस वाईरिङ्, सिलाईकटाई, मोबाईल टिभी तथा सीसी टिभी क्यामरा, कृषि क्षेत्र लगाएतका सिप मुलक कार्यक्रम सञ्चालनमा रहेका छन् । खड्काका अनुसार पहिलो लेवलमा तालिम प्राप्त गरेका केहि प्रशिक्षार्थीहरु रोजगारमा लागिसकेका छन् केहि लाग्ने क्रममा रहेका छन् ।

कार्यक्रममा बीरेन्द्रनगर नगर प्रमुख देब कुमार सुवेदी, सुन्दर नेपाल संस्थाका भुपेन्द्र कंडेल, ऋषिराज वली, सुरेश कुमार मानन्धर, गोरख रावत लगाएतका अथितीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here