भेरीगंगा सुर्खेत, मंसिर ०९- भेरीगंगा नगरपालिकाको उत्कृष्ट उद्यमी २०७७ को लागि कविराम खड्का पुरुष्कृत हुनुभएको छ। भेरीगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, उधोग विकास शाखाद्वारा मंगलबार आयोजित छैठौ राष्ट्रिय उधोग दिवस २०७७ कार्यक्रममा खड्का सम्मानित हुनुभएको हो। भेरीगंगा वडा नम्बर ६ मा पवन पशुपंक्षी तथा बँदेल फर्म सचालन गर्दै आएका खड्का आर्थिक बर्ष २०७७ का लागि भेरीगंगाको उत्कृष्ट उद्यमीका रुपमा सम्मानित हुनुभयो । खड्का शारिरिक अपाङ्ग भएपनि लामो समयदेखि सपाङ्गसरह कुखुरापालन, बाख्रापालन, बदेलपालन, तरकारी, फलफुल खेती, कृषि खेती संचालन गर्दै आउनुभएको छ। उत्कृष्ट उद्यमी खड्कालाई नगरपालिकाका उद्योग विकास तथा सहकारी अधिकृत पीताम्बर पौडेल, प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेत, नगरपालिका मेयर भुपेन्दबहादुर चन्द, उपमेयर रेणु आचार्यले नगद, दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभयो । नगरपालिकाले पहिलोपटक उत्कृष्ट उद्यमी सम्मान गरेको हो ।
Facebook Comments