अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड

0
388

हुमबहादुर कार्की, भाद्र २ – गुर्भाकोट नगरपालिका वडा न २ स्थित जनज्ञान भण्डार मा बि कोटखोलामा अज्ञात समूहले तोडफोड गरेको छ । बूधबार राती अज्ञात समुहले विद्यालय परिषर भित्रका भौतिक संरचना तोडफोड गरेको हो ।

अज्ञात समुहले विद्यालयको कक्षा ९ मा रहेको पंखाहरु, ढोका, टेबल, बेन्चहरु लगायत बिद्यूतिय स्विचबोर्ड समेत ढुङ्गाले हानेर काम नलाग्ने गरी तोडफोड गरिएको विद्यालयका प्रध्यानाध्यापक गङ्गा प्रसाद भट्टले जानकारी दिनु भएको छ । भट्टका अनूसार अज्ञात समूहले हालै विद्यालयमा हरियाली बाताबरण निर्माणका लागि विद्यार्थी र शिक्षकहरुको प्रयासमा बृक्षारोपण गरिएका असोकका बिरुवाहरु लगायत बगैंचा तहस नहस गरिएको छन् । साथै उक्त्त कु–कार्य गर्ने लाइ अनुसन्धान गर्न मालारानी प्रहरी चौकी लाई पत्राचार गरिएको समेत भट्टले बताउनु भएयो ।

सार्बजनिक संस्था विद्यालयमा भएको तोडफोड बारे दुःख व्यक्त गर्दै यस्तो असभ्य कार्य गर्ने समुहलाइ तत्काल पत्ता लगाइ कानुन बमोजिम कार्बाही गरिने विव्यसका अध्यक्ष प्रकाश डिसिले बताउनु भएको छ । हाल विद्यालयको हाता भित्र सम्बधित ब्यक्ति बाहेक अन्य ब्यक्तिलाई प्रबेश निषेध गरिएको जनाइएको छ । यस तोडफोडमा संलग्नहरुको खोजिमा सबैलाई सहयोग गर्न विद्यालयले बिज्ञप्ति मार्फत आग्रह गरेको छ भने प्रहरीले अनूसन्धान अगाडी बढाएको पनि जनाइएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here