दिलिप ढकाल गुर्भाकोट जेठ ३०- आर्थिक समृदिको आधार,लघुउद्यम मार्फत रोजगार भन्ने मुल नारा सहित उप-प्रमुख रोजगार कार्यक्रम अन्तर्गत एक महिने ढाकाको सामाग्री उत्पादन सम्बन्धि सिप बिकास तालिम भेरिगंगा नगरपालिका को वडा नमब्र ९ जहरे बजारमा सुरु भएको छ। भेरिगंगा नगरपालिकाको कार्यालय उद्योग बिकाश शाखा छिन्चु सुर्खेतको आयोजनामा संचालित उक्त तालिमको आज एक कार्यक्रम का बीच भेरिगंगा नगरपालिका कि उप प्रमुख धनसरा बोहोराले उद्घाटन गर्नु भएको हो। यहि जेठ ३० गते सुरु भएको सिप बिकास तालिम एक महिना सम्म संचालन हुने छ। उक्त एक महिने ढाकाको सामाग्री उत्पादन सम्बन्धि सिप बिकास तालिमको अध्यक्षता उधोग बिकास शाखा प्रमुख पिताम्बर पौडेलले गर्नु भएको थियो।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथि भेरिगङ्गा नगरपालिकाका नगर उप प्रमुख धनसरा बोहोरा,भेरिगङ्गा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लालसिह बुढा, वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम बहादुर आग्री, उधोग शाखामा कार्यरत अधिकृत स्तर छैटौ चित्रा डाङ्गी,नगर प्रमुख स्वकिय सचिव श्री मान बहादुर नेपाली, प्रशिक्षक खिमा स्वती मगर,उधम बिकास सहजकर्ता सुनिता जैसी र लाल बहादुर कार्की लगायत वडा नम्बर ६,७ र ९ का जम्मा १२ जना स्थानीयको सहभागीहरुको सहभागीता रहेको थियो ।