विक्रम तिवारी, चैत २- स्वर्गीय पत्रकार तथा संचारकर्मी देवेन्द्र वलीका परिवारलाई रेडियो बिजी एफएमले बुधबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । गएको माघ २० गते गुर्भाकोट ४ सहारे निवासी २७ बर्षीय पत्रकार वलीको उपचारका क्रममा मृत्यु भएको थियो । बुधबार स्वर्गीय वलीका धर्मपत्नि धनसरी वलीलाई रेडियो बिजी एफएमका स्टेशन म्यानेजर टेकेन्द्र बस्यालले पचपन्न हजार पाँच सय पचपन्न रुपैँया आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।
रेडियो बिजी एफएमका पुर्वी समाचार प्रमुख समेत रहेका वली परिवारलाई आर्थिक सहयोगका रुपमा रेडियाले उक्त रकम हस्तान्तरण गरेको हो । रेडियोले ५५,५५५ रुपैँयाको चेक रेडियोमा एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो । यसैबिच रेडियोले स्वर्गीय पत्रकार वलीको सम्झनामा देवेन्द्र वली स्मृति प्रतिक्षालय निर्माणमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाएको छ । स्वर्गीय वलीका परिवार र बच्चाहरुमा आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने रेडियोले प्रतिबद्धता जनाएको छ ।
सुर्खेत जिल्लामा कार्यक्षेत्र रहि स्थानीय रेडियो, अनलाईन पत्रकारितामा कार्यरत वलीको माघ २० गते बिहिबार विहान ४ बजेतिर उपचारका क्रममा नेपालगज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । मृतक वलीको दुई सन्तान, पत्नि हुनुहुन्छ । आमसंचार तथा पत्रकारितामा स्नातोकर अध्ययन गरेका वली विगत ५ बर्षदेखि पत्रकारितमामा क्रियाशील रहनुभएको थियो ।