सुर्खेत, भदौ ३- दैलेख नारायण नगरपालिका वडा न.१० भवानीकि लछिमा बिकलाई धारा छुएको निहूमा कुटपिट गरि घाईते बनाएर पीडक महिला फरार भएको ४ महिना भैईसकेको थियो । पीडक भनिएकी मुख्य आरोपित राजकुमारी न्यौपाने दैलेख छोडेर फरार भएकी हल्ला फिजाएको थियो । उनका पति भने घरमै बसिरहेका थिए । घटना भएको ४ महिनासम्म प्रहरीले जाहेरी लिएपनि पीडक न्यौपानेलाई पक्राउ गरेन् । यो घटनामा कर्णालीका नेता, दलित संघसस्था र अधिकारकर्मी चुईक्क बोलेनन् । कर्णाली प्रदेश सरकारमा रहेका सांसद पनि मौन रहे । देशमै धेरै संघसस्था रहेको कर्णालीका दलित अधिकारकर्मी पनि कानमा तेल हालेर बसिरहे । १२ बर्षे द्धन्द्धमा जातीय विभेद, समाताका लागि होमिएर कर्णाली प्रदेशमै १३ सय दलित युवायुवतीले बलिदानी दिएका थिए । तर यहाँका जनता, नेता र अधिकारकर्मी यो विषयमा बोलेनन् । तर दलित अधिकारकर्मी तथा पत्रकार सरु सुनारले भने योे घटनामा साहसिक काम गरिन् । कर्णाली प्रदेशका दलित सांसद, अधिकारकर्मी, नेता र एनजिओकर्मीलाई दंग पारिन् । दैलेख र कर्णाली भएरै आरोपितलाई पक्राउ र प्रहरीलाई दवाव दिन नसकेको काम उनी एक्लैको प्रयासमा २४ घण्टामा दोषीलाई प्रहरीले पक्राउ गरि मुद्धा अगाडी बढायो ।
राजकुमारी न्यौपानेले धारामा पानी भर्दा छोइयो , कमेनी , डुमेनी , त सानोजात धारा न छो , भन्दै पटकपटक जातीय विभेद र गालिगलोज साथै हातपात समेत गरेकी थिइन । गत बैशाख ११ गते पीडित लछिमा बिक बारीमा गँहु काटेर पानी भर्न धारामा जादा धारा छोइस् भन्दै राजकुमारी न्यौपानेले हसियाले गरि टाउको र शरीर भरी प्रहार गरेकी थिइन । उक्त प्रहारबाट निर्मम घाइते भएकी लछिमालाइ दैलेख उपचार गर्न असम्भव भए पछि सुर्खेत रिफर गरि ५ दिन भर्ना गरिएको थियोे । टाउकोमा ८ ओटा टाका लगाइएको लछिमा बिकले जिल्ला प्रशासन दैलेखमा जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ अनुसार न्यायको माग गर्दै जाहेरी दर्ता गरेकी थिइन । राजनीतिक दबाबको कारण जाहेरी दर्ता भए पनि पीडितलाई दबाब दिदै जाहेरी सच्याउन लगाउने चलखेल भएको थियोे । यता मकउ ठाकुर प्रसाद पोख्रेलले जाहेरी घटना घटेको ३ दिन पछि आएको र पिडक फरार भैसकेको साथै फोटो समेत नभएको हुँदा र निजका श्रीमाा पनि भारत हुँदा पक्डिन केही ढिला भएको तर प्रशासन गम्भीर भएर खोजिकार्य भएको बताएका थिए । बैशाख १२ गते दर्ता भएको जाहेरी चार महिनासम्म पनि पिडक राजकुमारी न्यौपानेलाई गिरफ्तार नगरिनुले सिङ्गो प्रशासनको मौनता माथी नै प्रस्न उठाएको थियोे ।दैलेखका पत्रकार अमर सुनारले घटना बाहिर ल्याए पछि विभिन्न मिडियाहरु र अधिकार कर्मिहरुको समेत ध्यानाकर्षण भएको थियोे । सन्चारकर्मी तथा दलित एकता संजाल नेपाल अन्तर्रा्ष्ट्रिय समन्वय समितिको संयोजक सरु सुनारको नेतृत्वमा साउन ३० गते प्रहरी प्रमुख सर्बेन्द्र खनालसंग भेटघाट गरि संजालले निबेदन जाहेरीको एकप्रती बुझाएको थियोे । आइजिपी खनालले सिधै जिल्ला प्रशासन दैलेखमा पिडक फरार महिलाको श्रीमानलाई गिरफ्तार गरि अनुसन्धान अगाडी बढाउन आदेश दिएका थिए । संजालको संयोजक सरु सुनार र उपसंयोजक कमला नेपाली दैलेख आज पुगेर अमय, मकउ सहित छलफल र पिडकको श्रीमानलाई अनुसन्धान गर्न गिरफ्तार गर्न पहल गरे पछि लगत्तै फरार महिलाका श्रीमानलाई गिरफ्तार गरि मोबाइल जफत गरि अनुन्धान अगाडी बढाइएको थियोे लगत्तै श्रीमानले नै आफ्नो श्रीमती कन्टाक मै भएको स्वीकार गरे पछि सुर्खेतको एरिचोकमा आफ्नो फुपुको घरमा लुकेर बसेको अबस्थामा म्कउ ठाकुर प्रसाद पोख्रेलको नेतृत्वको प्रहरी टोलिले ३२ साउन राती १ बजे सुतेको अबस्थामा गिरफ्तार गरि जिल्ला प्रशासन दैलेखमा ल्याइएको छ । दैलेखका अमय ‘ जातीय विभेद एक सामाजिक गम्भीर अपराध भएको र यसलाई जरै देखि उखेल्न पर्छ , अपराधीलाई कुनै पनि हालतमा कम्परमाइज नगरी कानुन अनुसारको कारवाही हुने बताउनु भयो ।
अधिकारकर्मी सरु सुनारले यो घटना एकदमै निन्दनीय भएको र ४ महिनासम्म राजनीतिक चलखेल र दबाबको कारण पिडक फरार हुनु र यतिका समयसम्म पनि गिरफ्तार नगरिनुले जातीय विभेद र छुवाछूतका घटनामा प्रशासनको गम्भीरता र नियत माथी नै प्रश्न गर्दै ४ महिना पछि छुवाछूत गर्ने सामाजिक अपराधीलाई गिरफ्तार हुनु यो सिङ्गो समुदाय माथिको एउटा सफलता र छुवाछूत गर्नेहरूलाई एउटा राम्रो सबक र थ्रेड पुगेको छ । भन्दै आइजिपिको सहयोग र आफू स्वयं दैलेख पुगेर प्रशासन सग समन्वय गरि पिडकलाई कस्टडिमा राख्न सफल भएकोमा सबैलाई धन्यवाद दिएकी छिन ।