भेरीगंगा, सुर्खेत- नेपाली कांग्रेस भेरीगंगा नगरकार्य समिति सभापति बेदु गिरीको आकस्मिक मृत्यु भएको तेस्रो दिनको अवसर पारी वडा नम्बर २ नेपाली कांग्रेस पार्टी कार्यालयले शोक सभा सम्पन्न गरेको छ । मंगलबार पार्टी कार्यालयमा शोक सभा तथा श्रदाञ्जली कार्यक्रम गरिएको हो ।
वटा पार्टी सभापति नन्दबहादुर बुढाको अध्यक्षतामा शोभ सभा तथा श्रदाञ्जली कार्यक्रम वडा पार्टी कार्यालय लेखपराजुलमा सम्पन्न भएको गोकर्ण बुढाले जानकारी दिए । ५० बढी काग्रेस कार्यकर्ताको उपस्थितीमा शोभ सभा सम्पन्न भएको हो । सहभागीले नगर सभापति गिरीको राजनैतिक, व्यक्तिगत र सामाजिक जीविनीको चर्चा परिचर्चा गरेका थिए । नेपाली कांग्रेस भेरीगंगा नगरसभापति तथा लोकतान्त्रिक आन्दोलनका अगुवा समाजसेवी ४७ बर्षीय बेदु गिरीको गएको शनिबार उपचारका क्रममा ३ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा मत्यु भएको हो । विगत तीन महिनादेखि मेडिसिटी अस्पतालमा ललितपुरममा भर्ना भई सभापति गिरी उपचार्थ रहेका थिए । पित्तथैलीको क्यान्सर, सुगुर र कोरोनासंग लड्दै आएका गिरीको अल्पायुमै निधन भएको हो ।
गिरी पुर्व महाधिवेशन प्रतिनिधी, तरुण दल सुर्खेतका पुर्वअध्यक्ष, नेपाली विद्यार्थी संघबाट राजनैतिकबाट सक्रिय रहेका थिए ।