विरेन्द्रनगरमा सन्चालित फिचर लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न

0
162

शृजना बारघरे, मंसिर १६- कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा ४ दिने समाचार फिचर लेखनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतको संयोजनमा मंसिर १३ गतेदेखि संचालन भएको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ सुर्खेत शाखा उपाध्यक्ष सुदीप पुरीको प्रमुख अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालको प्रमुख अतिथिमा सम्पन्न भएको हो । समापन कार्यक्रममा मुख्य प्रशिक्षक वरिष्ठ पत्रकार चिरञ्जीवी अर्याल, नेपाल पत्रकार महासंघ सुर्खेत शाखा उपाध्यक्ष सुदीप पुरी, पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल र पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले कार्यक्रममा मन्तब्य राख्नु भएको थियो ।परिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक अर्यालले समाचार फिचर लेखन सम्बन्धि प्रशिक्षण दिनु भएको थियो भने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकार सुरक्षा, लैङ्गीक समावेशिता र समताका बिषयमा प्रशिक्षण पनि दिनु भएको थियो।

प्रशिक्षणमा कार्यक्रममा सहभागिलाई प्रमाणपत्र प्रदान गरि कार्यक्रमको समापन गरिएको थियो । ३० जना प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रममा ३० जनालाई नै प्रमाणपत्र वितरण गरिएको थियो । उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका सचिव ललित वुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here