सल्यान, भदौ ८ – सल्यानमा विद्यार्थीमा कोरोना संक्रमण देखिए पछि विद्यालय एक हप्ताको लागि बन्द गरिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुलामा रहेको सिद्धेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएको हो ।
विद्यालयका १८ विद्यार्थी र १ जना शिक्षकलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिए पछि विद्यालय एक हप्ताका लागि बन्द गरिएको जनाइएको छ । ९९ जनामा एन्टिजेन टेष्ट विधिबाट गरिएको कोरोना परीक्षणमा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको विद्यालयका शिक्षक चित्र वलिले जानकारी दिनुभयो ।
रुघाखोकी ज्वरोको विरामी विद्यालयमा वढेपछि कोभिड चेकजाँच गरिएको थियोे । सबै विद्यार्थी विद्यालयमा उपस्थिति नभएका कारण सबैको चेकजाँच हुन नसकेको र यो संक्रमितको संख्या बढ्न सक्ने वडा अध्यक्ष लालबहादुर घर्तीले बताउनुभयो ।