सृजना बारघरे, फागुन २६- भेरीगंगा नगरपालिका वडा नम्बर ८ स्थित मैनतडा स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाईने भएको छ । भेरीगंगा नगरपालिका कार्यपालिका बैठकबाट मैनतडा स्वास्थ चौकीलाई १५ सैयाको अस्पताल बनाउने निर्णय भएको वडाअध्यक्ष पदम केसीले जानकारी दिनुभयो ।
अहिले स्वास्थ्य चौकीका रुपमा रहेको मैनतडा स्वास्थ्य चौकीलाई नगर प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यहरुको बैठकले चालु आर्थिक बर्षदेखि नै १५ शैयाको अस्पतालको रुपमा विस्तार गर्ने गरि निर्णय गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो । मैनतडा स्वास्थ्य चौकीमा अहिले नगरपालिकाको करिव २ करोडमा नँया भवन बनाईरहेको छ । मैनतडास्थित स्वास्थ चौकी भवन क्षेत्रमा बन्दै गरेको दुई तले स्वास्थ्य चौकी भवनमा १५ शैयाको अस्पताल विस्तार गरिने मेयर भुपेन्द्रबहादुर चन्दले बताउनुभयो । नगर प्रमुख चन्दले २ तलाको भवन ३३ कोठे हुने र भवन अत्याधुनिक रहेकोले यहीबाट असारदेखि नै अस्पताल संचालन गर्न सकिने जानकारी दिनुभयो ।
अस्पताल संचालन भए नगरबासीले सहज, छिटोचरितो र गुणस्तर स्वास्थ्य सुविधा पाउने जानकारी दिनुभयो । नया स्वास्थ्य चौकी भवन बालमैत्री, अपांगमैत्री र प्राविधिकमैत्री रहेको छ । नगरकार्यपालिकाको विशेष पहलमा नगरकै बजेटमा २ करोड बजेटमा स्वास्थ्य चौकीको नँया भवन अहिले बनिरहेको छ ।