भेरीगंगा, भदौ १२ – बैदेशिक रोजगारीको शीलशीलामा दुवै मृगौला फेल हुनु भएका गुर्भाकोट नगरपालिका ३ धारापानीका ३१ बर्षीय टेकबहादुर विकले आर्थिक सहयोगका लागि अपिल गनुभएको छ ।
वैदेशिक रोजगारको शिलशिलामा कतारमा ४ बर्ष सेवा गर्दै रोजगार गर्ने क्रममा बिरामी परि दुबै मृगौला फेल भएका विकको उपचारमा आर्थिक समस्या भएको हो । वीर अस्पताल काठमाडौमा हप्तामा २ पटक डाइलासिस गराउँदै आउनुभएका विकको थप उपचारमा आर्थिक समस्या भएको हो ।
घरको आर्थिक अवस्था नाजुक भएको हुँदा किड्नी ट्रान्सप्लान्टका लागि आर्थिक सहयोग गरिदिन विकले आग्रह गर्नुभयो ।
Facebook Comments