आरती परियार/ नेपालगन्ज, असोज २– रारा बिजय बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड. कोहलपुरको सहकार्य तथा समन्वयमा कोहलपुरको न्युरोडमा रारा मंगोलियन बुटिक एण्ड सेन्टर संचालनमा आएको छ । बुटिकको बिहिबार बिधिवत रूपमा समाजसेवी शेख बहादुर राई, शोभा राई तथा कोहलपुर न्युरोडमा रहेको गैरे अपसेट प्रेसका संचालक चण्डी प्रशाद गैरेले रिवन काटि बुटिकको उद्घाटन गर्नुभयो ।
सहकारीको समन्वयमा संचालन गरिएको बुटिकको लगानी संचालिका निर्मला पुलामी मगर र सुनिता राईको संयुक्त रुपमा रहेको छ । रारा बिजय बहुउद्देश्यीय सहकारीले छोटो समयमा नै चर्चा पाउदै गएको छ । केहि समय अगाडि बैजनाथ गाउँपालिका ४ मा कृषि हाटबजार पनि संचालनमा ल्याएको रारा बहुउद्देश्यीय सहकारीले बचत गर्नुमात्र होइन सहकारीले कृषि, व्यपार व्यवसाय लगायतमा पनि लगानी गरि शेयरसदस्यहरुलाई लाभ दिदै आएको सहकारीका प्रबन्ध निर्देशक दिपक राईले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै शेखबहादुर राईले महिलाहरु आफै व्यवसायमा लगानी गरेर संचालन गर्नु गर्बको कृुरा हो ,भने महिलाहरु उर्जाशिलाका साथै क्षमतावान रहेका छन त्यसैले आफ्नो कार्यक्षेत्रलाई तथा व्यवसायलाई सानो ठुलो सम्झिनु हुदैन तसर्थ निरन्तर संघर्ष गर्दै गएमा महिलाहरुले व्यवसायीक क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिनुभयो । स्वदेशमा नै केहि गरेर पसिना बगाएर व्यापार व्यवसाय गरिएमा आफ्नो तथा परिवार लगायत देशको आर्थिक उन्नति हुनुका साथै आफु पनि स्वरोजगार बन्न सकिने सहकारीका प्रबन्ध निर्देशक दिपक कुमार राईले बताउनुभयो । सहकारीले बचत गर्नु तथा ऋण उपलब्ध गराउन मात्र नभएर बेरोजगार महिला स्वरोजगार बनाउन तर्फ हामी लागिरहेका छौं उहाँले भन्नुभयो ।
बुटिकमा ढाकाका साथै तानले बुनेका साडी र सबै जातजाति , धर्म , भेषभुषाका अन्य कपडाहरु बिक्री गरिने बुटिकका संचालिका सुनिता राईले जानकारी दिनुभयो । ग्राहकलाई चाहे अनुसारको ढाका तथा तानले बनेका कपडाहरु उपलब्ध गराउने र सर्वसुलभ मुल्यमा बिक्री गर्नुका साथै रोजाई अनुसारको डिजाईका साथमा सेवा प्रवाह गर्ने संचालिकाले राईले बताउनुभयो । यस बुटिकबाट काडमाण्डौ र पोखरामा पाउने सामान अव कोहलपुरमा पाईने बताएको छ ।
Facebook Comments