सुर्खेत, असार १२- नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वगृहमन्त्री पुर्णबहादुर खड्काले आफ्नो गृहजिल्ला सुर्खेतका स्थानीय तहका विभिन्न स्वास्थ्य निकायमा ५० लाख बढी कोभिडसंग सम्बन्धित स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएका छन् । खड्काले शुक्रबार जिल्लाका ९ स्थानीय तहका कर्णाली अस्पताल, आयुवर्दे अस्पताल, नगरपालिका, गाउँपालिका अस्पताललाई कोरोना नियन्त्रण स्वास्थ्य सामग्री हस्तान्तरण सूरु गरेका हुन ।
कांग्रेस महामन्त्री खड्काले व्यक्तिगत सहयोग र पहलमा कोरोना रोकथाम र र न्यूनीकरणको लागि सुर्खेत जिल्लाको प्रदेश अस्पताल। आयुर्वेद अस्पताल, स्वास्थ्य चौकी लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका स्वास्थ्य चौकी, गुर्भाकोट नगरपालिका स्वास्थ्य चौकी, जिल्ला अस्पताल, भेरीगंगा नगरपालिका नगरपालिका स्वास्थ्य चौकी लगायत स्थानीत तहका सबै स्वास्थ्य चौकीकालागि उक्त सामग्री उपलब्ध गराएका हुन् । सहयोग गरिएको स्वास्थ्य सामग्री ५० लाख बराबरको सामान रहेको छ । जिल्ला र प्रदेशका नागरिकहरू कोरोनाको महामारीमा आवश्यक मासक, स्यानेटाईजर, सिलिन्डर अक्सिजनसम्म सामग्री रहेका छन् ।
स्थानीय तहमार्फत स्थानीय पालिकामा रहेका स्वास्थ्यचौकी मार्फत गाउँगाउँमा अक्सिजन सिलिन्डर र कन्स्ट्रेटरले पठाएको भएको छ । उक्त स्वास्थ्य सामग्री स्थानीय पालिकासंगै नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी लाई समेत बितरण गर्ने गरि अक्सिजन सिलिन्डर, माक्र्स ,अक्सिजन कन्सन्टेटर,सेनेटाईजर,पल्सअक्सोमिट र पि.पि.सेट सहयोग भएको हो ।