भेरीगंगा, भदौ ४ सुर्खेत । सुर्खेतको पूर्वी क्षेत्रमा रहेको भेरीगंगा नगरपालिका ८ स्थित चौखेमा ४ सय २० के.भी. प्रसारणको सव–स्टेशन स्थापना हुने भएको छ । शुक्रबार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावितमा ४ सय २० के.भी. भेरी करिडोर अन्तर्गतको प्रस्तावितमा सव–स्टेशनको जग्गा सम्बन्धी नेपाल सरकार मन्त्री परिषद्को निर्णय कार्यन्वयन र जग्गा अधिग्र्रहण सम्बन्धी स्थानियहरुको भेला बसेको हो ।
उक्त भेलालाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोना महामारीको समयमा स्वास्थ्य क्षेत्रमा परिरहेको प्रभावलाई व्यवस्थापन गर्न र अन्य कारण यस काममा ढिला भएको बताउनुभयो । अहिलेको यस्तो भयावह अवस्थामा पनि समस्या समाधान गर्न र कोहलपुर सुर्खेत विधुत प्रशारण लाईन वनको विच भागमा पर्ने भएकाले रुखको कटान गर्नुपर्ने स्पष्ट पार्नुभयो । यस्तै अव बन्ने आयोजनाले समाजमा रहेका विभिन्न सामुदायिक विकासका संरचना निमार्णमा सहयोग हुन सक्ने सम्भावना प्रवल रहेकाले स्थानिय र जग्गाधनिहरुलाई आयोजनाको काम हुनमा सहज वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । २०७५ सालमा यस विषयमा छलफल गर्दा सव–स्टेशन निमार्ण गर्न चौखेका २२ घर धुरीले सम्झौता गरेका थिए ।
यस्तै आयोजना प्रमुख ईश्वर भट्टले वर्षौ देखि भोग चलन गर्दैआएका बासिन्दालाई एक्कासी उठाउने नभई सरकारको मापदण्द अनुसार र जग्गा खरिद् मुल्य निर्धारण गर्न सकिने बताउनुभयो । उहाँले जनताको लागि विकासमा निमार्णमा केहि विनास हुने भएकाले यसमा स्थानियको पनि ठुलो साथ सहयोग हुनुपर्ने बताउनुभयो । यस्तै आयोजनाले सडक, सिचाई, खानेपानी, स्वास्थ्य लगाएतका विकासमा समुदायको लागि निकै लाभदायिक हुुने स्पष्ट पार्नुभयो ।
यस्तै सव–स्टेशनको लागि सम्झौता गरेका घर परिवारको सदस्यलाई कार्य क्षमताको आधारमा रोजगारको प्राथमिकता दिईने आस्वासन दिनुभयो । आयोजनाले विभिन्न सिपमुलक कार्यक्रम पनि सञ्चालन गरि रोजगारको सृजना गरिदिने बताउनुभयो ।
यस्तै नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले विकासमा निकासको आवश्यक रहेकोले जग्गा मुआब्जाको विषयमा जग्गा मुल्य निर्धारण समितिको निर्णय अनुसार नै जग्गा धनिलाई व्यवस्था गरिने बताउनुभयो । यस्तै जिल्ला प्रमुखको नेत्रृत्वमा समिति गठन गरि मन्त्री परिषद्बाट पारित भए अनुसारको मुआब्जा वितरण गरिने बताउनुभयो ।
आयोजनाको लागि सम्झैता गरेका २२ घर धुरीेले भने जग्गाको मृुल्य र माग अनुसार सम्झौता व्यवस्थापन गरिनु पर्ने माग राख्दै आएका छन् । २ वर्ष अघि गरिएको मुल्य निर्धारण अनुसार अहिलेको मुल्य नमिल्ने भन्दै जग्गाको प्रतिरोपनि अनुसार मुल्य निर्धारण रोजगारको सृजना र व्यवस्थापन गरिदिन अनुरोध गरेका छन् ।
कार्यक्रममा जिल्ला प्रमुख अधिकारी छविलाल रिजाल, आयोजना प्रमुख ईश्वर भट्ट नगर प्रमुख भुपेन्द्र बहादुर चन्द, उप–प्रमुख रेनु आचार्य वडा ८ का अध्यक्ष पदम के.सी, राजनितिक प्रतिनिधी, सरोकार निकाय र स्थानियहरुको सहभागिता रहेको थियो ।