भेरीगंगामा थपियो दुई वटा क्वारेन्टाइन

0
1001

भेरीगंगा, बैशाख १९ – लकडाउनका समयमा बाहिर जिल्लाबाट  भेरीगंगा नगरपालिकाका नागरिक भित्रिएसंगै भेरीगंगा नगरपालिकामा क्वारेन्टाईनको थपिएको छ । सुरुवातमा शारदा मावि छिन्चुमा मात्र रहेको क्वारेन्टाई अहिले दुई स्थानमा थपिएको हो ।

लकडाउनको समयमा विभिन्न जिल्लामा अलपत्र नगरबासी भित्रिन थालेपछि नेरा स्कुल लोदे र जनज्योति मावि झिङ्नीमा क्वारेन्टाईन थपिएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु आचार्यले जानकारी दिनुभयो । लोदे र झिङ्नीमा १५÷१५ शैयाको क्वारेन्टाईन थपिएको आर्चायले भन्नुुभयो । तीन वटा क्वारेन्टाईलमा अहिले २ सय बढीलाई निगरानीमा राखिएको छ । बाहिरी जिल्लाबाट आएका नगरबासीलाई अनिवार्य क्वारेन्टाईन राख्ने निर्णय अनुसार नगरमा भित्रिने बढिरहेका छन् । बाहिरबाट आउनेको चाँप बढेसंगै क्वारेन्टाईन थपिएको प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओलीले बताउनुभयो । उहाँका अनुसार ३ वटै क्वारेन्टाईमा मानिसहरु राखिएको छ । उनीहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाईन राख्ने गरिएको छ । जनज्योति मावि झिङ्नीमा तेस्रो क्वारेन्टाईन थपिएको हो ।

पछिल्ला दिनमा प्रदेश नम्बर ५ को रत्नराजमार्ग हुँदै कर्णाली प्रदेशमा मानिसहरु प्रवेश गर्ने क्रम बढेको छ । यसले भेरीगंगा नगरपालिका र कर्णाली प्रदेशमा कोरोना संक्रमण बढाउने जोखिम पनि बढेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here