भेरीगंगाको विपत कोषमा करिव ५ लाख सहयोग

0
987
अक्षय कोषमा दिएको रकम चेक लिदै मेयर र उपमयेर ।

भेरीगंगा, बैशाख १४- कोरोनामा राहात दिन भेरीगंगा नगरपालिकाले स्थापना गरेको एक करोडको कोषमा विभिन्न संघसस्था र व्यक्तिबाट सहयोग गर्ने क्रम जारी रहेको छ । भेरीगंगा नगरपालिका कायार्लय छिन्चु सुर्खेतले कोरोनाको समयमा विपन्न, असाहय र गरिव परिवारलाई राहात उपलब्ध गराउन एक करोड एक लाख रुपैयाको अक्षय कोषमा अहिलेसम्म झण्डै ५ लाख रकम जम्मा भएको हो ।

शुक्रबारसम्म ३ लाख ४५ हजार ७१६ रुपैँया जम्मा भएकोमा आईतबारसम्म ४ लाख ४५ हजार ७१६ रुपैँया पुगेको प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओलीले जानकारी दिनुभयो । यहाँका सहकारी, संघसस्था, व्यक्ति, व्यापारीले राहात कोषमा रकम जम्मा गरेको यहाँले भन्नुभयो । नगरपालिकाले कोरोना भाईरस कोभिड १९ को महामारीमा राहात प्रदान गर्न अक्षय कोष खडा गरेको हो । नगरपालिका भित्रका श्रमिक, असाहय, गरिव, मजदुर, विपन्न परिवार र तीनका सदस्यहरुलाई राहात र सहयोग प्रदान गर्न नगरपालिकाले १ करोड १ लाखको अक्षय कोष खडा गरेको भेरीगगा नगरपालिकाका मेयर भुपेन्दबहादुर चन्दले जानकारी दिनुभयो । अक्षय कोषका लागि छिन्चुस्थित कृषि विकास बैकमा खाता खोलिएको छ । अक्षय कोषमा आर्थिक सहयोग क्रम जारी रहेको मेयरले बताउनुभयो ।

कृषि विकास बैक छिन्चुको खाता नम्बर ०७२१०० ११४६०३७०६१ मा रकम सहयोग गर्न सकिने भएको छ। कोरोना महामारीबाट हुने जोखिम र खाद्य सकट कम गर्न नगरपालिकाले एक करोड एक लाखको अक्षय कोष बनाएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here