भेरीगंगा, साउन ४- भेरीगंगा नगरपालिकाको पहलमा नगरका १३ वटै वडामा विजुली बत्ती विस्तार गरिएको छ । नगरका वडा नम्बर १, २, ३, ७ र ६ वडाका पहाडी गाउँबाहेक सबै वडाका टोलहरुमा बत्ती विस्तार गरिएको हो । नगरपालिका कार्यपालिका र वडाको बजेटमार्फत बत्ती विस्तार नभएका वडा र गाउँहरुमा पोल, तार र ट्रान्सफर्मर खरिद गरि विद्युत विस्तार गरिएको हो ।
अहिले भेरीगंगाका ९० प्रतिशत बस्तीमा बत्तीको पहूँच पुग्न सफल भएको छ । आर्थिक बर्ष २०७५।२०७६ मा विद्युतीकरणका लागि नगरपालिकाले नगरमा ५ लाख खर्च गरको छ । भेरीगंगा ७ मा विद्युत विस्तार गर्न ६ लाख, वडा नम्बर ८ विधुत विस्तार र पोल व्यवस्थापनमा ३ लाख खर्च भएको छ । वडा नम्बर ९ मा लोकतान्त्रिक टोलदेखि भेरीनदी थ्रिफेज लाइन विस्तारका लागि ५० हजा खर्च भएको छ । वडा नम्बर ११ मा विद्युतिकरण कार्यक्रमअन्तर्गत ३ फेज लाइन विस्तार गर्न ९ लाख खर्च भएको छ । यस्तै छिन्चु खानेपानीको विधुत लाइन स्थानान्त्रण वडा नम्बर १२ ले २ लाख खर्च गरेको छ । भेरीगंगा नगरपलिका वडा नम्बर ६ का वडाअध्यक्ष बलबहादुर खड्काले लेखझिङ्गीबाहेक सबै टोलहरुमा बत्ती विस्तार गरिएको बताउनुभयो । यस्तै वडा नम्बर ७ का वडाअध्यष कर्णबहादुर मिजारले वडाका सामखोहरे र कैईनपानीबाहेक सबै टोलमा बत्ती विस्तार भएको जानकारी दिनुभयो । नगरपालिका र वडाको बजेटमार्फत बत्ती विस्तार गरिएको हो ।
आर्थिक बर्ष २०७६।२०७७ मा विद्युत विस्तार तथा मर्मतका लागि भेरीगंगा ६ मा ५ लाख बजेट खर्च भएको छ । ११ नम्बर वडामा विद्युत विस्तार र पोल मर्मतका लागि ४ लाख बजेट खर्च भएको छ । यस्तै आर्थिक बर्ष २०७४।२०७५ मा विद्युतीकरणमा ४० लाख खर्च भएको छ ।