बालिकालाई मोटरसाईकलले ठक्कर दिएर भागेपछि मेहेलकुनामा सडक अवरुद्ध

0
1988

रविन्द बिक, गुर्भाकोट, फागुन २६ सुर्खेत- बुधबार बेलुका छिन्चु- डोल्पा सडक खण्डको मेहेलकुना बजारमा अपरिचित मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाईते भएपछि सडक अवरुद्घ भएको छ। सडकमा हिडिरहेकी गुर्भाकोट ८ मेहेलकुनाबजारकी ८ बर्षीय यशोदा विकलाइ मोटरसाइकलले ठक्कर दिई घाईते बनाएपछि आक्रोशित स्थानीयले सडक अवरुद्घ गरेका हुन् ।

मोटरसाइकलबाट घाईते बालिकाको अवस्था गम्भीर रहेको मेहेलकुना प्रहरीले जानकारी दिएको छ। बेलुका ७ बजेतिर बोटेचौरबाट जहरेतिर गैईरहेको मोटरसाइकलले मेहेलकुना बजारमा सडकमा हिडिरहेको अवस्थामा बालिकालाई ठक्कर दिएको थियो । बालिकालाई ठक्कर दिने मोटरसाइकल फरार भएपछि स्थानीय आक्रोशित भएका हुन् । अहिले स्थानीयले टायर बालेर सडक अवरुद्घ गरेका छन् । बालिकाको टाउको, निधार र छातीमा चोट लागेको छ।

गम्भीर घाइते बालिकालाई थप उपचारका लागि नेपालगन्ज  पठाएको प्रहरीले जानकारी दियो । ठक्कर दिने मोटरसाइकल फरार रहेको र अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन् । ठक्कर दिएको आरोपमा एक मोटरसाइकललाई मेहेलकुना प्रहरीले नियन्त्रणमा लिएको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here