पहिरो पिडितलाई कालिमाटी गाउपालिकाद्वारा राहत वितरण

0
353

दिलिप ढकाल,सुर्खेत, भदौ २३ – सल्यानको कालिमाटी गाउपालिकाले पहिरो पिडितलाई राहत वितरण गरेको छ । जिल्लाको कालिमाटी गाउपालिकाले पहिरो पिडित अम्मर बहादुर खत्री र झक्कु प्रसाद खत्रीलाई राहात वितरण गरेको हो ।

पहिरोले कालिमाटी गाउपालिका वडा नम्बर ५ जुमखोलामा अम्मर बहादुर खत्री र झक्कु प्रसाद खत्रीको घर तथा गोठ पुरिएको थियो । गाउपालिकाले घर तथा गोठ पुरिएको ठाउमै पुगेर राहात वितरण गरेको हो । पालिकाको तर्फ बाट पिडित परिवार लाई बलाङ्केट,सिरानी,तकिया,म्याट लगाएतका लत्ता कपडा वितरण गरिएको कालिमाटी गाउपालिका अध्यक्ष दान बहादुर खत्रीले जानकारी दिए ।

पालिका बाट राहात वितरण गर्न गएका जनप्रतिनिधि तथा कर्मचारीहरुको टोलीले क्षतिको अवलोकन गरेको र पालिकाले निणय गरेर पहिरो पिडित खत्री परिवारलाई राहात उपलब्ध गराउने समेत अध्यक्ष खत्रीले जानकारी दिनु भयो। साथै अध्यक्ष खत्रीका अनुसार घर निर्माणकोको लागि पालिकाले जस्तापाता उपलब्ध गराउने छ । पञ्चमीदेखि करिब ३ दिन लगातार परेको अविरल बर्षादले अघिल्लो बर्ष मात्रै बनाएको २ वटा घर, गाई बान्ने गोठ र खोरमा थुनेका २० वटा खसी सहित ११ वटा बाख्रा पहिरोले पुरेको थियो।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here