पन्चदेवल विनायक – अछामको पन्चदेवल विनायक नगरपालिका वडा न ६ तोलिमा प्रधानमन्त्री रोजगार कार्यक्रम कामका लागि पारिश्रमिक आधारित सामुदायिक आयोजना अन्तरगत तोलि- पुलेेेतोला ग्रामीण सडक स्तरोन्नति कामको सुरुवात भएको छ।
९,७६,६६७ रकमको उक्त योजनाले ग्रामिण सडक को स्तरोन्नति गरिने बताईएको छ ।५१७ रुपैयाँ प्रतिदिनका दरले ३० जनालाई ४५ दिन सम्म को लागि पारिश्रमिक उपलब्ध गराईने रोजगार सेवा केन्द्रका सँयोजक भरत राज अधिकारीले जानकारी दिए।
तोली – पुलेतोला ग्रामीण सडक खण्ड स्तरोन्नति आयोजनाको उद्घाटन पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाले गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख देवकोटाले यश सडकलाई नगरपालिकाको गौरवको योजनामा राखेको र प्रधानमन्त्री रोजगार कार्यक्रम को बजेटले अपेक्षा अनुसारको काम हुनेमा विश्वास व्यक्त गर्नु भयो । उद्घाटन कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम माझी ,वडा न ६ तोलिका वडा अध्यक्ष पुर्ण रावल ,रोजगार सेवा केन्द्र सँयोजक भरतराज अधिकारी लगायत सरोकारवाला हरुको सहभागीता रहेको थियो ।कार्यक्रममा नगर प्रमुख देवकोटा, वडाध्यक्ष रावल र प्रमुख प्रशासकीय अधिकृत माझीले श्रमिकहरुलाई मास्क, सेनिटाइजर, पञ्जा लगायत सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको थियो।