नेपालमा कोरोना संक्रमण घट्दै, पछिल्लो साता संक्रमितको संख्या १४ प्रतिशतले घट्यो

0
666

काठमाडौं भदौ, ६ । नेपालमा पछिल्लो साता कोरोना भाइरस संक्रमितको संख्यामा १४ प्रतिशतले कमि आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो साता नेपालमा १५ हजार २५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अघिल्लो साता नेपालमा कोरोना संक्रमित हुनेको संख्या १७ हजार ७३९ रहेको थियो ।

पछिलो साता कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने दुई प्रतिशतले बृद्धि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कक रहेको छ । पछिल्लो साता कोरोना भाइरस संक्रमणका कारण नेपालमा २२६ जनाको मृत्यु भएको छ । अघिल्लो साता कोरोनाका कारण मृत्यु हुनेको संख्या २२१ रहेको थियो ।

नेपालमा हालसम्म ८ लाख २५ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना निको भइसकेका छन्। कोरोनाका कारण हालसम्म नेपालमा १० हजार ४८५ जनाले ज्यान गुमाएका छन् ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here