तीन महिनाअघि सल्किएको रेबिज नियन्त्रणमा नगरपालिका सुत्यो

0
253

भेरीगंगा, मंसिर १९- स्थानीय सरकार स्थानीय जनताको नजिकको अविभावक र सुखःदुखको साथी भनिन्छ । सरकारले सिंहदरबारको सेवा सुविधा घरघरमा सहजै पुर्याउने स्थानीय सरकारको अवधारणा हो । वडा सरकार र पालिका सरकार निर्माण गरि हरेक बर्ष ५० करोड बढी बजेट, प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडासदस्य, कार्यापालिका सदस्य संरचना बनाएको छ । तलव भत्ता, ईन्धन, खाजा नास्तालगायतका सुविधा व्यवस्था गरेको छ । स्थानीय सरकारमा स्थानीय समस्या, माग, भैपरी, आपतकालित कोष, रकम बजेट व्यवस्था हुन्छ । यतिका साधन, श्रोत, सुविधा, साध्य व्यवस्था हुँदा पनि भेरीगंगा नगरकार्यपालिकाले करिव तीन महिनाअघि देखि सल्किएको रेबिजको आगो निभाउन बिउँझिन सकेको छैन् । तीन महिनादेखि देखिएको रेबिज रोगले अहिलेसम्म एक व्यक्ति र तीन दर्जन घरपालुवा जनावरको मृत्यु भएको छ । यस्तो अवस्था स्वास्थ्य संकटअवस्था घोषणा गरि रेबिज नियन्त्रणमा जनताको घरदैलोमा कुद्नुपर्ने भेरीगंगा सरकार भने नगरमै मस्त निद्रामा देखिएको हो ।

नगरमा एक युवाको मृत्यु र घरपालुवा जनावर मरेपछि वडा नम्बर १२ र १० का नगरबासी आंतकित र क्रसित छन् । नगरपालिका जनप्रतिनिधीलाई भने सामान्य विषय बन्दा रेबिज नियन्त्रण बाहिर गएको छ । भेरीगंगा पशुपंक्षी विकास शाखा प्रमुख भोजप्रसाद चपाईले शाखाबाट नगरमा आवश्यक रेबिज खोप प्रक्रिया, नियन्त्रण र समस्या समाधान गर्न कार्यपालिकामा पत्रचार गरेपनि कुनै निर्णय नआएको बताए । रेबिजबाट नगरभित्र देखिएको जटिल समस्या, भयाभय अवस्था, आवश्यक श्रोत साधनको लागि माग गरेपनि कार्यपालिकाबाट कुनै पनि निर्णय नआएको उनले भने । बौलाहा र छाडा कुकुरको टोकाईबाट भेरीगंगा १२ का १९ बर्षीय छिरेंद्र खत्रीको मृत्यु भएको छ । पशु शाखामा आएको टिपोट अनुसार कृषकका २६ वटा पशुचौपायको मृत्यु भएको छ । भेरीगंगा नगरको वडा नम्बर ४,९,१०, ११ र १२ वडामा रेबिज देखिएको छ । नगरका मेयर, उपमेयर, वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरु पनि अधिकाश अनविज्ञ देखिएका छन् ।

रेबिज नियन्त्रणमा नगरपालिका, वडा र स्वास्थ्य, पशुपंक्षी विकाश शाखाबाट गम्भीर रुपमा कुनै पहल र कार्यान्वयन गरेको देखिदैन् । भेरीगंगा नगरपालिका मेयर यज्ञप्रसाद ढकालले रेबिज नियन्त्रणमा स्वास्थ्य शाखासंग समन्वय भैई काम भैईरहेको तर गरेको कामको प्रचार प्रसार नगरेको बताए । “अहिले फेसबुकमा हालेपछि मात्रै काम गरेको देखिन्छ,” उनले भने,“ आफुले काम गरेपछि फेसबुकमा हाल्ने र हल्ला गर्ने बानी छैन् ।” मेयर ढकालले भनेजस्तै नगरभित्र रेबिज विरुद्ध ६० बढी मानिसमा खोप लगाएको भएपनि त्यो प्रदेश पशुपंक्षी विकास निर्देशनालयको पहलमा भएको हो । तर नगरले आफ्नै पहल, बजेट, श्रोत साधन खर्च गरेको देखिदैन् । गाउँमा बौलाहा कुकुर र रेबिज संक्रमित कुकुरले मानिस र पशुपंक्षीमा टोक्न थालेपछि सर्वसाधारण त्रसित छन् । दुई महिनादेखि फैलिएको रेबिज अहिले नियन्त्रणबाहिर गएको छ ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ल्याव टेष्ट गरेपछि गएको असोज ६ गते रेविज पोजेटिभ पुष्टि भएको थियो । गएको भदौ २३ गते पशुपंक्षी विकास शाखाले रेबिज संकेत भन्दै कुकुर र पशुचौपायको नमुना परीक्षणका लागि पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पत्रचार गरेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here