टेकेन्द्र बस्याल, जाजरकोट, जेठ १४- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिमको सोतीमा जाजरकोटका ६ जना युवाको चारैतिर नाका बन्द गरेर हात हतियारले कुटी कुटी हत्या भएको बताएको छ । जिल्लाका अन्य राजनैतिक दलले यो घटनामा कुनै आधिकारीक धारणा नदिएपनि कांग्रेसले अन्तरजातीय कारण हत्या गरेको बताएको छ ।


नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समिति र जिल्ला कार्यसमिति जाजरकोटले जारी गरेको विज्ञप्तीमा रुकुम पश्चिमको सोतीमा स्थानीय वडाध्यक्ष डम्बर मल्लको नेतृत्वमा युवाहरुमाथि कुटी कुटी हत्या गरिएको उल्लेख छ ।“विवाहका लागि केटीपक्षको घर जाँदा सिंगो गाउँ नै उर्लिएर स्थानीय हात हतियार लिई लेखेटर कुटी कुटी ज्यान लिनु नेपालको संविधानको मर्म, संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरित, जातीय छुवाछुत तथा जातीय भेदभावमुक्त राष्ट्र नेपालको अन्तराष्ट्रिय लज्जाको विषय बनेको छ“, नेपाली कांग्रेस जाजरकोटका सभापति दीपकजंग शाहीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै कांग्रेसका कर्णाली प्रदेश कार्यसमितिका सचिव छवि पन्तले जारी गरेको विज्ञप्तीमा पनि दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । साथै कांग्रेसले पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत दिन पनि माग गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here