चक्कु र खुकुरी प्रहार गरेको अवस्थामा गणेश बुढाको शव भेटियो

0
1614

टेकेन्द्र बस्याल, रुकुम  जेठ १२- मल्ल थरकी युवती विवाह गर्न पुगेका जाजरकोट भेरी नगरपालिका ४ रानागाउका नवराज विश्वकर्मा सहित हत्या गरेर भेरी नदिमा फालिएका थप एक जनाको शव फेला परेको छ। रुकुम चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते कुटपिट गरि भेरी नदिमा फालिएका गणेश बुढामगरको शव सोमबार फेला परेको हो ।

भेरी नदिमा बुढा मगरको शव फेला परेको हो । हत्या गरिएको ३ दिनपछि उनको शव फेला परेको हो । गणेश बुढाथोकीको शव चक्कु र खुकुरीले प्रहार गरि हत्या गरिएको अवस्थामा फेला परेको हो । शवलाई अाजै जिल्ला स्वास्थ्य अस्पताल जाजरकोटमा राखिएको छ। अहिलेसम्म टिकाराम विक, नवराज विक र गणेश बुढामगरको शव फेला परेको हो । मल्ल समुदायले हत्या गरि भेरी नदिमा फालिएका संजीव विक, लोकेन्द्र सुनार र गोविन्द शाहीको शव फेला पर्न सकेको छैन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here