गुर्भाकोट दुईमा फर्निचर मेकर तालिम सम्पन्न

0
1167

हुमबहादुर कार्की, गुर्भाकोट २-गुर्भाकोट नगरपालिका वडा नम्बर २ मा संचालित एक महिने निशुल्क ३ महिने फर्निचर मेकर पहिलो लेबल तालिमको शनिबार सम्पन्न भएको छ । नेपाल सरकार शिक्षा बिज्ञान तथा प्राबिधी मन्त्रालय ब्यसायिक शिक्षा तथा अभिबृद्दी परियोजना र विश्व बैकको आर्थिक सहयोगमा आयोजित तालिमको शनिबार एक कार्यक्रमबिच समापन गरिएको हो ।


कोहलपुर ईन्स्टिच्यु अफ टेक्निकल एजुकेसन प्रालिको आयोजना, रास्ट्रिय सीप परिक्षण समिती र सिटिभिटीद्वारा प्रमाणित निशुल्क ३ महिने फर्निचर मेकर पहिलो लेबल तालिम सम्पन्न भएको हो । गोबिन्द भन्डारीको संयोजकत्वमा तालिम शुरु भएको थियो । गत बर्ष २०७६ माघ २० बाट तालिम सन्चालन भै २०७७ बैसाख १९ मा सम्पन्न हुने तालिम कोभिड १९ र लकडाउनका कारण लामो समयमा भएपनि तालिम सम्पन्न भएको प्रशिक्षक हरि चौधरीले बताउनुभयो । तालिम समापन मा ६ घन्टाको प्रयोगात्मक परिक्षा र मौखिक प्रश्नको उत्तर दिने रास्ट्रिय सीप परिक्षण समिती र सिटिभीटीद्वारा परिक्षा भएको थियो । तालिम समापनका खगेन्द्र भन्डारी, हुमबहादुर कार्की, रमेश ढकाल, डिल्ली भुसाल, अनिस गाहा, बिरेन्द्र ढकाल, छबिलाल पौडेल, हरिप्रसाद वलि, देबिसरा भुसाल, फलिता भन्डारीलगायत १५ जनाको सहभागिता रहेको थियो ।

तालिममा सहभागी परिक्षार्थि सबैलाई ६० दिन बराबरको दैनिक ७५ रुपैयाको ब्यबस्था रहेको थियो । फर्निचर तालिमको सर्टिफिकेटको ब्यबस्था र रोजगार गर्न चाहानेहरुका लागि रोजगारी दिने समेत ब्यबस्था रहेको सहभागीले बताएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here