गुर्भाकोट, माघ २७- सुर्खेको गुर्भाकोट नगरपालिका– २ मालारानीमा रहेको मालारानी गुफालाई संरक्षण गरिएसंगै पर्यटन पर्खाईमा गुफा रहेको छ। नगरपालिका, वडा कार्यालय र प्रदेश सरकारले गुफा संरक्षण, आवश्यक पुर्वाधार निर्माण गरिएसंगै पर्यटन आकर्षण केन्द्र बनेको हो । गुफालाई पर्यटन क्षेत्रका रुपमा विकास भैईसकेको र आन्तरिक पर्यटन पर्खाईमा रहेको गुर्भाकोट नगरपालिका मेयर हस्तबहादुर पुनले बताउनुभयो । गुफामा पर्यटकहरु आवतजावत, गुफा प्रेवशद्वार, सिडिहरु, प्रतिक्षालय। सडकबाटो लगायत आवश्यक सरचना तयार भएको बताउनुभयो । मालारानी गुफा पर्यटकीय हिसाबले उपयुक्त क्षेत्र भएको र गुफा सुन्दरता र प्राकृतिक हिसाबले विश्वकै अद्वितीय भएको उहाको भनाई छ। कर्णाली प्रदेश राजधानी नजिकै रहेको पर्यटकीय मालारानी गुफाको संरक्षणका लागि कुनै पनि कसर बाँकी नराखिने नगरपालिकाको योजना छ।पछिल्लो समयमा मालारानी गुफा को आकर्षण बढ्दो छ।मालारानी गुफाभित्र उज्यालोको लागि बत्तिको, र अबलोकनका लागि सिढीहरु, मुर्तिको सजावट , निर्माण र बाहिर शिबको मन्दिर र गुफाबाहिर मनमोहक दृश्य अबलोकन गर्न सकिन्छ । गुफाभित्र र आसपासमा घुम्नका लागि दुई घण्टा समय लाग्दछ ।
मालारानी गुफाको अवलोकनका लागि अहिले पनि मानिसहरु बाहिरबाट आउने गर्दछन् । धार्मिक र ऐतिहासिक महत्व मात्र होइन यो कर्णाली प्रदेशको गहना नैहुन् सक्छ । यसको विकास र संरक्षण भएको खण्डमा धेरै आर्थिक लाभ लिन सकिने अवस्था छ । मालारानी गुफा क्षेत्र नाम मात्रको नभई यसको प्रकृति हेर्दा र त्यहा भित्रको संरचना हेर्दा साच्चिकै हेर्नुपर्ने स्थल र धार्मिक र पर्यटकीय स्थान पाउने निश्चित छ । बाहिरबाट नाम सुनेर घुम्न आउने आगन्तुकहरुले अवलोकन गरिसकेपछि स्मरण बनाउन सक्ने पुर्वधार र विकास नगरपालिकाले गरेको छ।
Facebook Comments