गुर्भाकोट १ र २ जोड्ने पक्की पुल अलपत्र,

0
1453

हुम बहादुर कार्की गुर्भाकोट भदौ, ४ सुर्खेत । गुर्भाकोटको वडा नं १ र २ जोड्ने गोचेखोला पक्की पुल ठेकेदारको लापरवाहीको कारण अलपत्रमा परेको छ । केन्द्रिय सरकारको ५ करोडको लगानिमा २०७१ सालमा पुल निर्माण सम्झौता जय बागेश्वरी कन्ड्रक्सन प्रा.ली ले जिम्मा लिएको थियो । उक्त पुल ५ वर्ष भित्र सम्पन्न गर्ने गरि सम्झौता रहेको थियो । अलपत्र पुल निमार्णका बारेमा स्थानिय नागरिकले जनप्रतिनिधीलाई ध्यानाकर्षण गराउदै आएका छन् । तर स्थानियको माग कुनै निकायबाट सुनुवाई नभएको कारण निर्माणाधिन कार्य अलपत्रमा परेको हो ।

गुर्भाकोट १ र २ जोड्ने दाप्चे स्थित गोचेखोला पक्की पुल सात वर्ष वितिसक्दा समेत पुलको निमार्णमा ढिलाई भएको स्थानियहरुको गुनासो रहेको छ । यस स्थानमा रहेको पक्की पुल सम्पन्न नहुँदा यस क्षेत्रका बासिन्दाहरु आधारभुत आवश्यकताबाट बञ्चित हुदैँ आएका छन् ।

स्थानिय समाज सेवी गणेश बहादुर ढकालका अनुसार अलपत्रमा परेको पुल स्थानिय सरकार, जनप्रतिनिधी, सम्बन्धित निकायले यसमा ध्यान दिन जरुरी रहेको बताएका छन् । स्थानिय सरकार घर आँगनमै भएका कारण पनि यसमा कुनै पक्षबाट पहल हुन नसकेको आरोप लगाए । यस्तै उपेन्द्र हमालले पनि पुल निमार्ण कार्यमा ठेकेदारको लापरवाही रहेको आरोप लगाएका छन् । पुल सम्पन्न नहुँदा यातायातको समस्या समेत प्रमुख समस्या रहेको बताए ।

पुल कहिले सम्म बनिसक्ने हो, यसको प्रतिक्षामा स्थानियहरु रहेका छन् । पुल नहुँदा ज्यानै जोखिममा राखेर गोचेखोला वारपार गर्नुपरेको छ । दैनिक कामका लागि आवत–जावत गर्न, अत्यावश्यक सामग्री गाउँ ल्याउन र स्थानीय उत्पादन बजार पु¥याउन गाह्रो रहेको छ । पुल निर्माणको ठेक्का सम्झौता भएपछि स्थानीय जोखिम हट्ने भयो भन्दै निकै खुसी भए । तर, खुसी धेरै टिकेन । किनकी ५ वर्षमा बन्नुपर्ने पुल ७ वर्षसम्म अलपत्रै छ । जसकारण स्थानीय अहिले निरास भएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here