गाउँमा दर्ता भएको सिडिसी अशक्तका लागि आशाको केन्द्र बन्न सफल

0
1346

भेरीगंगा, मंसिर २४- सुर्खेत भेरीगंगा नगरपालिका ७ स्थित समुदाय विकास केन्द्र सिडिसी नेपालले स्थानीयस्तरमा सामाजिक सहयोग र उद्वार अभियान थालेको छ। अभियानकै थालनीमा भेरीगंगा ६ दहका अशक्त लालबहादुर खत्रीका लागि ४१ हजार नगद सहयोग उपलब्ध गराएको छ। सिडिसीले सुरु गरेको सहायता अभियानमा देशविदेशबाट प्राप्त सहयोग घरमै पुगेर उपलब्ध गराएको हो ।                               अभियानमा देशविदेशबाट विभिन्न व्यतिबाट ४१ हजार ६३९ रुपैया संकलन भएको संस्थाका अध्यक्ष मानबहादुर बस्यालले जानकारी दिनुभयो। सहयोग रकम सोमबार अशक्त खत्रीको घरमा पुगेर हस्तान्तरण गरिएको अध्यक्ष बस्यालले बताउनुभयो । अशक्त खत्री सहायता अभियानमा कुवेतबाट सीता तामाङले १०,६४६, मलेसियाबाट मनिराम टमाटा १०,०००, साउदी अरवबाट अम्मरबहादुर बुढामगर ९,२९३, साउदीबाटै सुरेश खड्का ५,०००, मलेसियाबाट चित्रबहादुर गुरुङ २,७००, भेरीगंगा १२ का देवी पौडेल २,०००, दाङका ललिता योगीबाट २,००० सहयोग भएको सिडिसी सस्थाका कोषाध्यक्ष अम्मर बाहृघरेले जानकारी दिनुभयो ।                        सस्थाले अभियानमा आर्थिक सहयोग गरेको भन्दै दातालाई एक विज्ञप्ति जारी गर्दै धन्यवाद व्यक्त गरेको छ। सिडिसीले पछिल्ला बर्षमा भेरीगंगा नगर क्षेत्रमा अशक्त, गरिव र विपन्न समुदायका लागि सहयोग अभियान सञ्चालन गर्दै सामाजिक कार्य गर्दै आएको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here