भेरीगंगा ८ सुर्खेत – कोटमाझ खर्कको जग्गादर्ता सम्बन्धि परेका निवेदन उपर सार्वजनिक सुनुवाई शनिबार भेरीगंगा ८ मैनतडामा सम्पन्न भएको छ । मैनतडास्थित वडा नम्बर ८ वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

वडाअध्यक्ष पदम खत्रीको अध्यक्षतामा र भेरीगंगा नगर प्रमुख भुपेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यमा सुनुवाई सम्पन्न भएको हो । सुनुवाई कार्यक्रममा जग्गा दर्ता निवेदन संकलन कार्यमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मेयर चन्दले भोग चलनकै आधारमा मान्यता दिईने बताउनुभयो । उहाले जग्गा सम्बनिध धेरै विवादित नभईदिन समुदायलाई आग्रह गर्नुभयो । भुमि सम्बन्धि समस्या समाधान सहजीकरण समिति भेरीगंगा ८ को आयोजनामा सुनुवाई भएको हो ।

कार्यक्रममा स्वागत मन्त्वय जेवि सुनारले राख्नुु भएको थियो भने संचालक बेदप्रसाद शर्माले गर्नुभयो । कार्यक्रममा अतिथिहरु जिल्ला समन्वय समिति सदस्य पुसे कामी, कार्यपालिका सदस्य खिमकुमारी राना, वडा सदस्य रुपी कामी, साविक मैनतडा ६ अध्यक्ष अमृतलाल जैसी, शिक्षक लालप्रसाद शर्मा रहनुभएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here