कर्णालीका पाँच जिल्लामा काँग्रेस वडा अधिवशेन आज हुँदै

0
856

सुर्खेत, भदौ १८ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि आजदेखी वडा तहको अधिवेशन शुरू हुँदैछ । कर्णालीका १० जिल्लामध्य सुर्खेत र डोल्पामा सदस्यता विवादका कारण अधिवशेन अनिश्चित बनिरहेको बेला बाँकी आठ जिल्लाका वडा तहहरूमा अधिवेशन शुरू हुन लागेको हो ।

केन्द्रीय कार्यतालिकाअनुसार यहीँ भदौ २३ गतेसम्म वडा अधिवेशन गरिसक्नु पर्न कार्यतालिका छ । कार्यतालिकाअनुसार कर्णालीका मुगु, जुम्ला, हुम्ला, दैलेख र जाजरकोटमा वडा अधिवेशन आज हुँदैछ । यी जिल्लाका तीन सय १८ वडाको अधिवेशन आज नै सम्पन हुनेछ । सल्यानमा २१ गते, कालीकोटमा २२ र रूकुमपश्चिममा २३ गते वडा अधिवशेन गरिनेछ । सल्यानमा ८३, कालीकोटमा ८६ र रूकुमपश्चिममा ७३ वडा छन । अधिवेशन गराउन पालिकामा निर्वाचन अधिकृत खटाइ सकिएको छ ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोजमा, प्रदेश अधिवेशन १० देखि १२ कार्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखी १३ मंसिरसम्म काठमाडौंमा हुनेछ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here