सुर्खेत, मंसिर ९ -नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रतिनिधीसभातर्फ कालिकोटबाट विजय भएका छन् ।
उनको यो तेस्रो ह्याट्रिक जित हो । शाहीले २४,४७४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्धन्द्धी नेकपा एमालेका नगेन्द्र शाहीले १६,४१० मत ल्याए । शाही ८०६४ मत अन्तरले विजय भए ।
महेन्द्रबहादुर शाही २०७०, २०७४ र २०७९ गरी संसदीय चुनावमा ह्याट्रिक गरेका छन् ।
Facebook Comments