तारा ओली, राप्तीसोनारी असार १२- राप्तीसोनारी गाउँपालिकाले शुक्रबार ९ वटै वडाका एकल महिलाहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । १ देखि ९ वडाका ३ जना महिला गरि २७ जनालाई प्रतिव्यक्ति ३ वटा उन्नतजातका बाख्रा वितरण गरिएको हो । शुक्रबार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले २७ जना एकल महिलालाई बाख्रा वितरण गर्नुभयो ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत विपन्न एकल महिलालाई उक्त बाख्रा वितरण गरिएको अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो । २७ जना महिलाका लागि ८१ वटा बाख्रा वितरण गरिएको हो । ग्रामिण क्षेत्रका एकल महिलाको आयआर्जन विकासका लागि बाख्रा निशूल्क वितरण गरिएको अध्यक्ष थारुले जानकारी दिनुभयो । राप्तीसोनारी गाउँपालिका कार्यालयको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालउय बुटवलको आर्थिक सहयोगमा प्रत्येक वडाका ३ जना गरि २७ जना महिलाका लागि ८१ वटा वितरण भएको हो । बाख्रा वितरण गर्दै उपाध्यक्ष धनीकुमारी खत्रीले सानो सहयोग भएपनि यसले व्यवसायीक बाख्रापालनमा सहयोग गर्ने बताउनुभयो । एकल महिलाहरुको आर्थिक सहयोगमा यसले टेवा पुर्याउने भन्दै उपाध्यक्ष खत्रीले व्यवसायीक बाख्रापादनमा लाग्न आग्रह गर्नुभयो ।
बाख्रा वितरण कार्यक्रममा ९ वटै वडाका वडाअध्यक्षहरुको सहभागीता रहेको थियो । यस्तै उन्नत जातका बाख्रा वितरण कार्यक्रममा विभिन्न पार्टीका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here