सुर्खेत,असार ३१- शिक्षा नियमावली २०५९ अनुसार परिच्छेद २२ को शिक्षक तथा विद्यार्थी आचारसंहिताको बुद्धा नम्बर (घ) मा प्रष्ट रुपमा शिक्षकले बेनामी कुनै लेख प्रकाशित गर्न वा प्रेसलाई कुनै खवर दिन वा रेडियो, टेलिभिजन,सामाजिक संजाल आदि जस्ता सूचना माध्यमद्धारा भाषण प्रसारित गर्न वा कुनै सार्वजनिक भाषण दिन वा वक्तव्य प्रकाशित गर्न नहुने उल्लेख छ । तर श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भेरीगंगा ८ मैनतडाका प्रअ भीमलाल ढकालले भने २०७७ असार ३० गते विद्यालयले गरेको निर्णय र स्पष्टीकरण माग गरिएको बारे पत्र सिधै मोबाईलबाट फोटो खिचेर सामाजिक संजालमा प्रेषित गरेका हुन् ।
उनले ३० गते दिउँसो ५ जना अन्यलाई ट्यागसमेत गरेर विद्यालयको आन्तरिक निर्णय मोबाईलबाट फोटो खिचेर सामाजिक संजालमा प्रेषित गरेका हुन् । दुई पानाको विद्यालय व्यवस्थापन समितिको गोप्य निर्णय र विद्यालय लेटरमा लिएको व्यक्तिगत गोपिनियता अधिकार भंग गर्न नमिल्ने स्पष्टीकरण चिठी फेसबुकबाट सार्वजनिक गरिएको हो । जुन शिक्षा नियमावली विपरीत देखिन्छ । नियमावलीमा प्रष्ट भनिएको, शिक्षकले विद्यालयसंग सम्बन्धित भाषण, व्यक्तव्य,निर्णयहरु संचारमाध्यम आदिमा प्रेषित गर्न मिल्दैन् । विद्यालयको निर्णय वा सूचना सार्वजनिक सरोकार वा सार्वजनिक सूचना पार्टीमा टाँसेको सामाजिक संजालमा राख्न मिल्ने भएपनि विद्यालयको आन्तरिक निर्णय पोष्ट आचारसंहिता विपरीत पर्दछ । शिक्षा नियमावलीको बुद्धा नम्बर (ङ) मा शिक्षकको विद्यालयमा विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्धेश्य लिई अध्ययन र अध्यापन आफ्नो मुख्य लक्ष्य सम्झनुपर्ने उल्लेख छ । तर प्रअले मंगलबार आफ्नो फेसबुकमा राखिएको आन्तरिक निर्णय शिक्षक उद्धेश्य र लक्ष्य विपरीत देखिएको हो । विद्यालय व्यवस्थापन समितिको उक्त निर्णय आन्तरिक देखिन्छ । जसलाई अन्य व्यक्तिलाई समेत ट्याग गरेर राख्दा सरकारी विद्यालयको गोपिन्यता समेत भएको छ । शिक्षा नियमावलीको बुद्धा नम्बर (ग) मा आफ्नो सेवा सम्बन्धी कुरामा मतलव साध्य गर्ने मनसायले कसैमाथि पनि कुनै राजनैतिक वा आवाञ्छनीय प्रभावपार्न वा प्रभाव पार्ने प्रयत्न गर्नु नहुने उल्लेख छ । तर असार ३० गतेको विद्यालय निर्णय र स्पष्टीकरण पत्र कुनै एक कर्मचारीसंग सम्बन्धित रहेकोले यसमा प्रअ ढकालले कर्मचारीविरुद्ध आवाञ्छनीय प्रभाव पारेको प्रष्ट देखिन्छ । जुन प्रअले राखेको फेसबुकमा विभिन्न व्यक्तिले उक्त विवरण शेयर र कमेण्ट गरेका छन् । जसबाट पनि विद्यालयको गोप्य निर्णय व्यक्ति विरुद्ध प्रभाव पार्ने उद्धेश्यले उक्त निर्णय पोष्ट गरेको पुष्टि हुन्छ ।
शिक्षा नियमावली २०५९ अनुसार आचारसंहिता विपरीत कार्य गर्ने प्रअलाई विद्यालय व्यवस्थापन समितिले कारवाही गर्ने अधिकार दिएको छ । त्यसबाहेक स्थानीय पालिकाको शिक्षा शाखामार्फत वा जिल्ला शिक्षा समन्वय समितिमा पनि घटनाको जानकारी दिई कारवाही सिफारिस गर्ने अधिकार रहेको छ ।