७२ करोडको शुभघाट खानेपानीबाट तीन हजार घरधुरी लाभान्वित

0
126

सुर्खेत, पुष २ – पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–८ खटाङ्गमा निर्मित शुभघाट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट तीन हजार घरधुरी लाभान्वित भएका छन् । ७२ करोड लागतमा निर्माण सम्पन्न भएको आयोजनाले गुर्भाकोट नगरका दुई हजार ९५० घरधुरी लाभान्वित भएका हुन् ।

शुभघाट शहरी खानेपानी आयोजनाभित्र दर्जनौ पूर्वाधार निर्माण भई गत भदौ महिनादेखि नियमित खानेपानी वितरण भैईरहेको छ । गुर्भाकोट नगरको वडा नम्बर ५,६,७ र ८ वडाका दुई हजार ९५० घरधुरी लाभान्वित भएको शुभघाट शहरी खानेपानी आयोजना अध्यक्ष तथा नगर उपप्रमुख मैना विकले जानकारी दिईन् । आयोजनाबाट खानेपानीका लागि तीन हजार २५१ जनाले धाराको माग गरेपनि अहिले करिव तीन हजार घरधुरी लाभान्वित भैईसकेको विकले भनिन् । ७२ करोडको उक्त आयोजना निर्माणका लागि ठेकेदारले ६२ करोड ४८लाख ९२ हजार ७१५ मा ठेक्का लिएको थियो । गएको बैशाखमा निर्माण कार्य सुरु भई परीक्षण गरिएको खानेपानी आयोजनाले भदौ महिनादेखि नगरका ४ वडामा पानी पुर्याएको छ । अहिले पनि खानेपानी आयोजनाको वितरण, सप्लायर्स, मर्मत र महशुल संकलन निर्माणा कम्पनीले गरिरहेको छ । निर्माण सम्पन्न भएको एक बर्षपछि निर्माण कम्पनीले आयोजना उपभोक्ता सस्थालाई हस्तान्तरण गर्ने छ । ६२ करोडको संरचना निर्माणका लागि विभागले टेण्डर आवहान र छनोट गरि निर्माण व्यवसायी आशिष सिएबि प्रेरा जेभिले काम पाएको थियो ।

योजनाभित्र निर्माण व्यवसायले सम्पबेल, पम्पीङ्ग स्टेशन, ट्रिटमेन्ट प्लान्ट, स्काडा सिष्टम, गार्ड हाउस, जेनेरेटर हाउस, अफिस बिल्डीङ्ग, खानेपानी ट्याङ्की, पाईपलाईन, सार्वजनिक शौचालय, बाटो, तारवार निर्माण भएको छ । एसियाली विकास बैकको अनुदान सहयोगमा नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र उपभोक्ताको ५ प्रतिशत लागत सहभागीतामा काम सम्पन्न भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here