भेरीगंगा, चैत ३० -निर्माण सूरु भएको २८ बर्षपछि छिन्चु– घारीवन–काल्चे कृषि सडक स्तरोउन्नतीसहित कालोपत्रेको तयारी गरिएको छ । २०५२ सालबाट निर्माण थालिएको यो सडकको चालू आर्थिक बर्षबाट कालोपत्रे गर्ने तयारी भएको हो ।

सडक कालोपत्रेका लागि छिन्चु घारीवन खण्ड, काल्चे सहारे खण्ड र बडाखोली झिङ्गनी सडक खण्डगरि तीन भागमा बाडेर कालोपत्रे थालिएको हो । संघीय सडक विभाग अन्तर्गत सडक डिभिजन सुर्खेत मार्फत छिन्चु घारीवन खण्ड, काल्चे सहारे खण्डको ठेक्कामा गई कालोपत्रेको सूरु भएको छ । यस्तै बडाखोली झिङ्गनी सडक खण्डको ठेक्का आवहान गरिएको छ । तीन सडक खण्डका करिव १७ किलोमिटर सडक खण्ड कालोपत्रे चालू आर्थिक बर्षमा सूरु हुने गरि काम सूरु भैईरहेको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले बताउनुभयो । सडक ट्रयाक खुलेको झण्डै २८ बर्षपछि छिन्चु– घारीवन–काल्चे कृषि सडक कालोपत्रेको तयारी भएपछि सडक बन्ने आशा स्थानीयमा पलाएको छ ।

सडक कालोपत्रेका लागि अहिले काल्चे सहारे सडक खण्ड र छिन्चु घारीबन हुँदै झिङ्गनीसम्मको सडक खण्डमा चौडा गर्ने, ग्राभेलिंग, रोलर र नालाको काम सूरु भएको छ । यो सडक खण्ड भेरीगंगाको छिन्चुहुँदै गुर्भाकोटको बडाखोली सहारे हुँदै सल्यान काल्चे कालीमाटी जोड्ने सडकका रुपमा रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here