सृजनमा बारघरे, जेठ ११ -हावाहुरीका कारण पुर्णरुपमा घर क्षतीहुदा भेरीगंगा ६ मा एक परिवारको छिमेकीको बाख्रा खोरमा बास बस्न बाध्य भएका छन् । हावाहुरीका कारण पुर्णरुपमा घर क्षतीहुदा मनकुमारीको परिवारको छिमेकीको बाख्रा खोरमा बास बस्दै आएका हुन् ।


आर्थिक अभावकाबिच जेनतेन जीवन गुजरा गरीरहेकी भेरीगङ्गा–६ किच,सुर्खेत निवासी मनकुमारी दमाईको घर जेष्ठ ३ गते बेलुकी पानी सङै आएको हावाहुरीले पुर्णरुपमा क्षती बनाउदा परिवार बिचल्लीमा परेको छन् । उनीहरुको नत घर बनाउने पैसा छ नत खानेकुरा नै। यो समयमा उहाहरु छिमेकीको बाख्रा खोरमा बस्दै कठिन जीवन यापन गरीरहनु भएको छ । दमको रोगले थला परेका श्रीमान लालबहादुर दमाई सङै छोराछोरी लगायत ६ जनाको परिवारको हातमुख जोर्न कठिन रहेको परिवार जनले बताएका छ्न ।

उहाँको पारिवारिक अवस्था निकै कम्जोर रहेको र बस्ने बास समेत नरहेकोले उहाँको परिवारलाई यो कठिन परिस्थितिमा एउटा मानवीय नाताले सक्दो सहयोग गरिदिनुहुन सरकारी एबम गैर सरकारी कार्यालय, निकाय,संघसस्था, देशबिदेशमा रहनुहुनु मनकारी दाताहरु लगायत सबै–सबैमा परिवारजनले आग्रह गरेका हुन ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here